शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादीले पार्टीका संघीय सांसदबाट मासिक ५ लाख ६४ हजार रूपैयाँ उठाउने

आइतबार, १० पुस २०७९, ११ : १०
आइतबार, १० पुस २०७९

नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाका सदस्यहरुबाट मासिक जम्मा ३ लाख ८३ हजार रूपैयाँ लेबी उठाउने भएको छ । पार्टी केन्द्रीय पदाधिकारीको पुस ७ गते बसेको बैठकले जनही १२ हजार रूपैयाँका दरले ३२ सांसदबाट ३ लाख ८४ हजार रूपैयाँ लेबी उठाउने निर्णय गरेको हो ।  यस्तै संघीय संसदकै राष्ट्रियसभाका सांसदबाट माओवादी केन्द्रले थप १ लाख ८० हजार उठाउनेछ । राष्ट्रियसभामा माओवादी केन्द्रका १५ जना सांसद रहेका छन् । संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रियसभाबाट गरी माओवादी केन्द्रले मासिक ५ लाख ६४ हजार रूपैयाँ उठाउनेछ । 

माओवादीका एक पदाधिकारीले संघीय संसद प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुले पार्टीमा बुझाउने मासिक लेवी १२ हजार रुपैयाँ सांसदका दरले निर्धारण गर्ने निर्णय भएको जानकारी दिए । 

यसैगरी प्रदेश सभाका सांसदहरुले पाउने तलब, भत्ता र अन्य सेवा सुविधा प्रदेशहरुमा फरक फरक भएकाले प्रदेश सभाका मन्त्री र सांसदहरुको लेवी निर्धारण सम्बन्धित प्रदेशको पार्टी समितिले गर्ने निर्णय भएको छ । 
प्रदेशहरुबाट उठेको मासिक लेवी ८० प्रतिशत सम्बन्धित प्रदेशमा राख्ने र बाँकी २० प्रतिशत लेवी रकम अनिवार्य रुपमा केन्द्रीय कार्यालयमा पठाउने निर्णय पनि भएको ती नेताको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप