पाकिस्तानी प्रधानमन्त्री पुत्र सुलेमानबारे अनुसन्धान जारी राख्न अदालतको आदेश
पाकिस्तानको राष्ट्रिय जवाफदेही ब्यूरो (एनएबी) को लाहोरस्थित एक अदालतले सुलेमान शहबाजलाई सम्पत्ती शुद्धिकरण मुद्दाको अनुसन्धानमा सामेल गर्न निर्देशन दिएको छ ।
अदालतले उनलाई अनुसन्धानमा संलग्न हुन पनि आदेश दिएको छ । शहबाजले एफआईए र अनुसन्धान अधिकारीहरूलाई पक्षकारको रूपमा उल्लेख गर्दै अदालतमा जमानत याचिका दायर गरेका थिए ।
सुलेमानले निवेदनमा भनेका थिए, “अदालतले फरार घोषित गर्नु अघि कानुनी प्रक्रियाहरू पूरा गर्नु आवश्यक छ ।” सुलेमानले आफूलाई एफआईएले आधारहीन रूपमा सम्पत्ती शुद्धिकरण मामलामा नाम लिएको, आफुलाई अदालती सुनवाईको कुनै पनि सूचना प्राप्त नगराइएको र जानकारी बिना फरार घोषित गरिएको दावी गर्दै निवेदन दिएका थिए ।
सुनुवाइका क्रममा न्यायाधीशले सुलेमानको कम्प्युटरमा रेकर्ड रहेको राष्ट्रिय परिचय पत्र (सीएनआईसी) को माग गरेका थिए । यसको जवाफमा उनले आफूसँग अहिले उक्त प्रकृतिको राष्ट्रिय परिचय पत्र नभएको बताएका थिए ।
यद्यपि, उनले अदालतले मागेका कागजातलाई अर्को सुनुवाइमा ल्याउने सुनिश्चित गर्नुभएको द न्यूज इन्टरनेसनलले रिपोर्ट गरेको छ । अदालतले पछि उहाँलाई जनवरी ७ सम्मका लागि अन्तरिम जमानत दिएको हो ।
प्रधानमन्त्रीका छोराले गत महिना आफ्नो आत्मनिर्वासन अन्त्य गर्दै आफूविरुद्धको मुद्दाको सामना गर्ने घोषणा गरेका थिए । सन् २०१९ को अक्टोबरमा जवाफदेही अदालतले सुलेमानलाई भगोडा अपराधी घोषणा गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्थिक विधेयकमा भएको हेरफेरबारे अर्थमन्त्रीले संसद्मा स्पष्ट पार्नुपर्छ : वर्षमान पुन
-
देशभरका २६३ स्थायी प्रहरी चौकी जीर्ण, भत्किने डरैडरमा काम गर्दै सुरक्षाकर्मी: आईजीपी कार्की
-
सुदूरपश्चिम मन्त्रिपरिषद् बैठक : बिदा भएर निस्किए मन्त्रीहरू
-
हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न संसदीय समितिको निर्देशन
-
नेप्सेमा २० अङ्कको गिरावट, ४ अर्ब माथिको कारोबार
-
नेपालको जलवायु उत्थानशीलता र कृषिको दिगो विकासमा बेलायतको सहयोग जारी रहने प्रतिबद्धता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण