बलिउड अभिनेता विवेक ओबरायले दिए प्रचण्डलाई बधाई
नव–निर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बलिउड अभिनेता विवेक ओबरायले बधाई दिएका छन् । उनले इन्स्टाग्राममा प्रचण्डसँगको एक तस्बिर पोस्ट गर्दै नेपालको प्रधानमन्त्री बनेकोमा बधाई ज्ञापन गरेका हुन् ।
उनले लेखेका छन्, ‘हालै तपाईंसँग भेट गर्ने मौका मिल्यो । जसरी न्यानोपन र मायाले हामीलाई स्वागत गर्नुभयो, त्यसले नेपालको विनम्रता र सांस्कृतिक करुणालाई दर्शाउँछ ।’
ओबराय १० दिनको नेपाल भ्रमण सकेर शनिबार स्वदेश फर्किएका हुन् । नेपाल भ्रमणको क्रममा ओबराय प्रचण्ड भेट्न उनको निवासमै पुगेका थिए । भेटमा प्रचण्डले विवेक र उनका पिता सुरेशलाई नेपाली भादगाउँले टोपी र खादा लगाएर स्वागत गरेका थिए । सो क्रममा उनीहरूबीच फिल्म र सांस्कृतिक विषयवस्तुमा कुराकानी भएको बताइन्छ ।
नेपाल भ्रमणको क्रममा ओबरायले पशुपतिनाथको दर्शन गरेपछि परिवारसँग चन्द्रागिरी, पोखरा, भैरहवा र लुम्बिनीको भ्रमण समेत गरेका थिए । ओबराय गत २८ मंसिरमा नेपाल आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तथ्यांकमा अर्जेन्टिनाको घातक आक्रमण र स्पेनको अभेद्य रक्षापङ्क्ति
-
म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता
-
श्रीलङ्काले व्यावसायिक शिक्षालाई प्राथमिकता दिने
-
यमालसँगको ऐतिहासिक तस्बिरबारे के भने मेस्सीले ?
-
भारी वर्षाको पूर्वानुमानपछि काठमाडौँ प्रशासनद्वारा यात्रा सचेतना जारी
-
लागूऔषधसहित २२ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण