रुपन्देहीमा जग्गाधनी पूर्जा वितरण सुरु
राष्ट्रिय भूमि आयोग रुपन्देहीले अव्यवस्थित बसोबासीहरुको लागि जग्गाधनी प्रमाण पुर्जा वितरणको सुरुवात गरेको छ । बुटवल उपमहानगरपालिकामा सोमबार एक कार्यक्रमको आयोजना गरी १८ जना जग्गाधनीलाई लालपूर्जा वितरण गरेको हो ।
बुटवल वडा नं. १९ का १२ र मायादेवी वडा नं. ८ का १८ जना जग्गाधनीलाई पुर्जा वितरण गरिएको भूमि आयोग रुपन्देहीका अध्यक्ष हरि बहादुर आचार्यले जानकारी दिए । जिल्लामा करिब १ लाख अव्यवस्थित, सुकुम्वासी तथा भूमिहीन रहेको अनुमान गरिएको छ । त्यसमध्ये जिल्लामा अहिले ३ हजार जग्गाधनीको लालपूर्जा तयार भएको छ । जिल्लाको बुटवल देवदह, सैनामैना, कञ्चन, मायादेवी, शिद्धार्थनगरमा नापँजाच सकिएर लालपूर्जा वितरणको अन्तिम चरणमा रहेको छ । लालपूर्जा तयार भएपनि सरकारले लिने राजश्व बढी हुँदा जग्गाधनी वितरणमा कठिनाइ भइरहेको बताउँदै सरकारले राजश्वको दायरालाई कम गर्नुपर्ने स्थानीयहरूले बताएका छन् ।
राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष केशव निरौलाले स्थानीय तहको सहकार्यबाट नै अव्यवस्थित जग्गाको नापँचाज भएर लालपूर्जा वितरण गर्न सफल भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाउन हिचकिचाउनेले दलाई लामाको जन्मजयन्ती मनाउन अनुमति दिए : दुर्गा प्रसाईँ
-
अर्घाखाँचीका वनक्षेत्रमा रिचार्ज पोखरी निर्माण
-
दीपाश्री निरौलालाई ब्रेन ट्युमर, शल्यक्रिया गरियाे
-
देशका विभिन्न जिल्लामा सवारी दुर्घटना : सात जनाको मृत्यु
-
विद्यालयको चुनावमा शिक्षा अधिकृतमाथि कालो मोबिल खन्याएर दुर्व्यवहार
-
विभिन्न जिल्लाबाट लागूऔषधसहित ३६ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण