बर्नमाउथविरुद्ध चेल्सीको सहज जित
बुधबार, १३ पुस २०७९, ०९ : ०२
इङ्ग्लिस प्रिमियर लिग फुटबलमा मंगलबार राति चेल्सीले एफसी बर्नमाउथलाई २–० ले पराजित गरेको छ । घरेलु मैदान स्टाफोर्ड ब्रिजलमा चेल्सीले सहज जितसँगै तीन अंक जोडेको हो । चेल्सीको जितमा काइ हाभार्टज र मासोन माउन्टले समान एक एक गोल गरेका थिए । दुबै गोल पहिलो हाफमा सम्भव भएको हो ।
खेलको १६औं मिनेटमा रहिम स्टर्लिङको पासमा हाभार्टजले पहिलो गोल गरे । २४ औं मिनेटमा माउन्टले दोस्रो गोल गरेका थिए । हाभार्टजले दोस्रो गोल ४४औं मिनेटमा गरेपनि भिएआरले त्यसलाई मान्यता दिएन ।
जितपछि चेल्सी १५ खेलबाट २४ अंक सहित आठौं स्थानमा उक्लिएको छ । बर्नमाउथ १६ खेलबाट समान अंकसहित १४ औं स्थानमा छ । मंगलबार राति नै भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेडले नटिङ्घम फोरेस्टलाई ३–० ले पराजित गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले सांसद राईले सभामुखलाई 'कान सुन्नुहुन्छ कि सुन्नुहुन्न' भनेपछि....
-
ध्रुवे हात्तीको दाह्रा काट्ने तयारी
-
अनलाइन ठगीबाट कसरी जोगिने ?
-
मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनबाट मात्र अर्थतन्त्रले गति लिन्छ : राजेन्द्र मल्ल
-
बागमती प्रदेश सरकारद्वारा ७ जना विपन्न विद्यार्थीलाई प्राविधिक उच्च शिक्षा छात्रवृत्ति वितरण
-
प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण