गण्डकीका सांसदलाई आज शपथ
बिहीबार, १४ पुस २०७९, ०९ : ५७
गण्डकीमा नयाँ सांसद चुनिएपछि आज उनीहरुलाई शपथको कार्यक्रम छ । संसद सचिवालय नदीपुरमा जेष्ठ सदस्य मित्रलाल बस्यालले ५९ सांसदलाई शपथ गराउने छन् । यसअघि बुधबार नै बस्याललाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शपथ गराएका थिए ।
गण्डकीमा कांग्रेसका २७, एमालेका २२, माओवादीका ८, राप्रपाका २ र एकीकृत समाजवादीका १ जना सांसद छन् । नयाँ सांसद मध्ये २ जना बहालवाला मन्त्री छन् । कांग्रेस र एमालेले गण्डकीमा दलको नेता पनि चयन गरिसकेका छन् ।
कांग्रेसले चुनावी प्रतिस्पर्धाबाट सुरेन्द्र पाण्डेलाई नेतामा निर्वाचित गरेको छ भने एमालेले सर्वसम्मत रुपमा खगराज अधिकारीलाई दलको नेता बनाएको छ । माओवादीले भने अहिलेसम्म दलको नेता टुंग्याएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआई नियमन गर्ने कानून बनाउने अष्ट्रेलियाको घोषणा
-
पूर्वप्रतिबद्धता अनुरूप नै कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा, अब के हुन्छ ?
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण