यसकारण नेपालमा छ महिना नुन अभाव हुँदैन
काठमाडौं–नेपालमा ६ महिनासम्म जस्तोसुकै जटिल अवस्था आएपनि नुनको अभाव नहुने साल्ट ट्रेडिङ्ग कर्पोरेसनले जनाएको छ । कर्पोरेसनमा अहिले पनि १ लाख ३ हजार पाँचसय मेट्रिकटन नुन मौज्दात रहेकोले ६ महिनासम्म थेग्ने जनाएको छ । केही दिनदेखि भारतले गरेको नाकाबन्दीका कारण बजारमा नुनको अभाव भएको भन्दै कतिपय व्यापारीले बढी मूल्यमा नुन बेचेको भए त्यो कालोबजारी गरेको कर्पोरेसनले जनाएको छ । बजारमा गलत हल्ला फिँजाएर कालोबजारी गर्नेमाथी निगरानी बढाईएको कर्पोरेसनले जनाएको छ । बढ्दैन नुनको मूल्य अहिले देशैभरीको अवस्था हेर्दा धेरैजसो प्याकेटकै नुन प्रयोग हुन्छ । तर देशैभरी पाईने प्याकेट र नुनको भाउ देशभरी एउटै भने छैन । कर्पोरेसनले ठाउँ अनुसारका जनतालाई सहुलियत पुग्ने गरी नुनको मूल्य फरकफरक ब्राण्डमा आपूर्ति गराईरहेको छ । सहरी र ग्रामिण ईलाकाका लागि गरेर चार प्रकारको प्याकेटिङ्ग नुन बेचीरहेको कर्पोरेसनका कर्पोरेसनका विभाभीय प्रवन्धक ब्रजेश कुमार झाले बताए । ‘एउटा बजार एरीयाको लागि आयो नुन, त्यसभन्दा तल्लो अलिकती ग्रामिण एरीयाको लागि शक्ति र तेज नुन छ, त्यो आयोनुन भन्दा कम मूल्यमा पर्छ’ उनले भने ‘त्यसपछि नेपाल सरकारले तोकेका २२ वटा दुर्गम क्षेत्रका लागि भानु नुन भनेर ब्राण्ड नै छुट्याएको छ, त्यो भानु नुन दुर्गम जिल्लाबाहेक अन्यत्र कतै भेटिँदैन ।’ दुर्गम जिल्लाका लागि नेपाल सरकारले तोकेको कोटामा पठाउने नुनमा ढुवानी अनुदान नेपाल सरकारबाट प्राप्त हुन्छ । तराईको जिल्लामा शक्ति र तेजको नाममा ११ रुपैयाँमा डिलरलाई दिन्छ । त्यहिँ नुन दुर्गममा ९ रुपैयाँमा दुर्गमका उपभोक्तालाई दिएको उनले बताए । ढुवानीमा नेपाल सरकारको अनुदान उपलब्ध गराउँछ भने नुनको मूल्यमा साढे २ रुपैयाँ प्रतिकेजि कर्पोरेसनबाट अनुदान दिईएको छ । किन हुँदैन नुनको अभाव ? नुनको मूल्य जति नै बढेपनि उपभोक्ताले कुनै पनि मूल्य चुकाएर उपभोग गर्थे । तर २०२० सालदेखि त्यस्तो अवस्था आएको छैन । यसको लागि भूमिका खेलेको छ साल्ट ट्रेडिङ्ग कर्पोरेसन लिमिटेडले । भौगोलिक विकटता र यातायात अभावका कारण देशमा नुनको अभाव भएपछि नुनको कारोबारमा संलग्न रहेका सबै नीजि क्षेत्रका व्यापारीलाई समावेश गरी सरकारले आफ्नो समेत लगानीमा २०२० साल भदौ २७ गते नेपालकै पहिलो पब्लिक प्राईभेट पार्टनरसिप मोडलमा साल्ट ट्रेडिङ्गको स्थापना ग¥यो । अहिले यसलेमात्रै देशमा नुन आयात गरी विक्रीवितरण गर्दै आएको छ । यसले नुनको सप्लाईको अवस्थालाई पनि सहज बनाईदिएको छ । त्यसैले कुनै पनि बेला कुनै पनि भएको छैन । २०४५ सालको भारतसंगको ट्रेड एण्ड ट्राञ्जिटको सन्धि नविकरण नहुँदा नाकावन्दीको समयमा, २०४६ सालको आन्दोलनको बेला बाटोघाटो बन्द हुँदा २०६२÷०६३ सालको जनआन्दोलन र मधेश आन्दोलनमा नेपालको कुनैपनि स्थानमा कहिल्यै नुनको अभाव नभएको कर्पोरेसनले जनाएको छ। ‘ नेपालमा जहिलेपनि नुनको ६ महिनाको बफरस्टक हुनेभएकोले ६ महिना जस्तो सुकै समस्या हुँदा पनि नेपाली जनताले नुनको अभाव भोग्नु पर्दैन ’ निर्देशक झा ले भने , ‘त्यसैले अभाव हुँदैछ भनेर कसैले चर्कोमूल्य लिन थाल्यो भने तुरुन्त हामीलाई खवर गर्नुहोला ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सदनमा नेकपाको आरोप– सरकारको सुशासन खोक्रो भयो
-
अमेरिकाले नौसैनिक नाकाबन्दी हटायो, खामेनी भन्छन्–'ट्रम्पले बाध्य भएर सम्झौता गरे'
-
उजुरीपछि अख्तियारको छापा
-
रास्वपा महाधिवेशन: भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह
-
एमालेको 'मिसन पार्टी जागरण २०८३' लुम्बिनीमा
-
जेनजी आन्दोलनमा जलाइएको बानेश्वर प्रहरी वृत्त भवनको पुनर्निर्माणपछि हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण