इरान युद्धको भर्पाई गर्न ८० अर्ब डलर माग्ने तयारीमा पेन्टागन
सारांश
- अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले इरानसँगको युद्ध र अन्य गैरसैन्य खर्चका लागि ८० अर्ब अमेरिकी डलरको अतिरिक्त बजेटको माग गरेको छ ।
- उपरक्षा सचिव स्टेफन फाइनबर्गले सांसदहरूलाई यस विषयमा जानकारी दिएका हुन् ।
- अमेरिका र इजरायलको इरानविरुद्धको युद्धले अमेरिकी अर्थतन्त्रमा १० खर्ब डलरसम्मको भार पर्न सक्ने अनुमान गरिएको छ ।
वासिङ्टन डिसी । अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन)ले इरानसँगको युद्ध तथा अन्य गैरसैन्य खर्चहरू व्यवस्थापन गर्न थप ८० अर्ब अमेरिकी डलर आवश्यक पर्ने जनाएको छ । द वाल स्ट्रिट जर्नलको समाचारअनुसार अमेरिकी उपरक्षा सचिव स्टेफन फाइनबर्गले यस साता सांसदहरूलाई विभागलाई उक्त रकम आवश्यक रहेको जानकारी दिएका हुन् ।
समाचारमा उल्लेख भएअनुसार अमेरिकी प्रशासनले निकट भविष्यमा संसदमा अतिरिक्त बजेटसम्बन्धी औपचारिक प्रस्ताव पेस गर्न सक्छ । उक्त प्रस्तावमा पेन्टागनका लागि मात्र नभई रक्षा बाहिरका विभिन्न सरकारी प्राथमिकताका कार्यक्रमका लागि पनि रकम समावेश हुने अपेक्षा गरिएको छ ।
अमेरिका र इजरायलको इरानविरुद्धको युद्धको कुल लागत अझै स्पष्ट भइसकेको छैन । तर विभिन्न आर्थिक तथा सुरक्षा विशेषज्ञहरूले यस द्वन्द्वले अमेरिकी अर्थतन्त्रलाई १० खर्ब डलरसम्मको भार पर्न सक्ने अनुमान गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
करको दर परिवर्तनका विषयमा छानबिन समिति आवश्यक : शाही
-
एडीबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत
-
मन्त्री निवासमा प्रहरीले खानतलासी गरेकामा सरकारको ध्यानाकर्षण
-
गाजामा सहायता आपूर्तिका प्रतिबन्धहरू हटाउन राष्ट्रसङ्घको आह्वान
-
प्रत्यक्ष फुटबल हेर्न इन्फान्टिनोको भागदौड, अत्यधिक उडानकै कारण प्रदूषणकारी बन्दैछ विश्वकप
-
एसिड आक्रमणमा दृष्टिविहीन हुनबाट बचेका विस्साको कंगोका लागि ऐतिहासिक गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण