सिरियामा फ्रान्सको आक्रमण जारी
मङ्गलबार, ०८ मङ्सिर २०७२, १४ : २४
पेरिस–विगतका चार वर्षभन्दा लामो समयदेखि हिंसा जारी रहेको सिरियामा फ्रान्सेली युद्धक विमानले कारबाही जारी राखेका छन् ।
सोमबार पनि सो आक्रमण जारी नै राखेको बताइएको छ ।
फ्रान्सेली सैनिकले सिरियाको राक्वा सहरमा सोमबार आतङ्ककारीहरुको खोजीलाई व्यापक बनाएको बताएको थियो । हवाई हमला सोमबार राति पनि जारी रहेको जनाइएको छ ।
ती विमानहरुले इस्लामिक अतिवादी समूह आइएसको प्रभाव रहेको ठानिएको सिरियाको राक्वान र त्यस वरपरका नगरहरुमा विगत केही दिनयतादेखि रातिदेखि हवाई हमला गरिरहेका छन् ।
फ्रान्सको राजधानी पेरिसमा यही नोभेम्बर १३ मा मुस्लिम अतिवादी समूह आइएसले हमला गरेका थिए । सो हमलामा परी १२९ जनाको ज्यान गएको थियो ।
उक्त आतङ्ककारी हमलापछि सिरियामाथिको हमलालाई आइएसले झनै कडा बनाएको छ । आइएसको उद्गमस्थल नै सिरिया रहेको धारणा फ्रान्सले राख्दै आएको छ ।
फ्रान्सेली रक्षामन्त्रालयले दिएको जानकारीअनुसार सो क्षेत्रमा आइएस लडाकूको शिविर रहेको सूचनाका आधारमा सो कारबाही गरिएको हो ।
तर कैयौँ दिनदेखि हमला जारी रहेको सो क्षेत्रमा आइएसका लडाकूहरु कति मारिएका छन् भन्ने बारेमा भने केही बताएको छैन ।
फ्रान्सको राजधानी पेरिसमा भएको आतङ्ककारी हमलामा आइएसका लडाकूको प्रत्यक्ष सम्लग्नता भेटिएपछि आइएसका विरुद्ध पनि फ्रान्सले सो आक्रमण थालेको हो । उसले घोषित रुपमा नै सिरियामा आइएसको प्रभाव रहेकोले त्यहाँ हमला जारी राख्ने बताउदै आएको छ ।
सोमबार मात्र पनि फ्रान्सेली राष्ट्रपति फासाँ अल्याण्डले बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनसँग पेरिसमा गरेको भेटवार्तापछि सिरियामा हमला जारी राख्ने बताएका थिए ।
उनले सिरिया आतङ्ककारीको मूल थलोका रुपमा रहेको भनाई राखेका थिए । उनले आतङ्ककारीका विरुद्धको कारबाहीलाई जस्तोसुकै अवस्थामा पनि अघि बढाइने प्रतिबद्धता व्यक्त गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘भागदौड’को टिजरमा वैदेशिक रोजगारी र सहकारी ठगीको कथा
-
सर्लाहीमा गाडी तोडफोड र प्रहरीमाथि ढुंगामुढा गर्ने तीन जना पक्राउ
-
पत्रकार महासङ्घ युकेमा थपिए सल्लाहकार, १५ औँ स्थापना दिवस भव्य रूपमा मनाइने
-
पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध
-
पोखरा महानगरको बजेट आज, गत वर्षभन्दा आकार घट्ने
-
जग्गाको भाडा नतिर्ने पोखराका २१ उद्योगको विद्युत् लाइन काटियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण