५० वर्षकी मोडल अझै युवती
हङकङमा अहिले ५० वर्षकी एक मोडल निकै चर्चामा छिन् । उनी चलाखीपूर्ण तवरले आफ्नो उमेर लुकाउन सफल भएका कारण चर्चामा आएकी हुन् । उनका तस्विर हेर्दा उनको उमेर ५० वर्ष पुग्यो भन्ने अनुमान लगाउन गाह्रो हुन्छ । क्यान्डी ला नामकी यि मोडल हङकङमा अपरिचित अनुहार होइनन् । उनले सन् १९९१ मै मिस एशिया पिजियन्ट जितेकी थिइन् । तर यस वर्ष उनले इन्टरनेटमा शेयर गरेको तस्विरले धेरैलाई आश्चर्यमा परेको छ । थुप्रै रिपोर्टहरुले फोटोमा उनको उमेर २५ वर्षको जस्तो देखिने बताएका छन् । तीन छोराकी आमाले सम्बन्ध विच्छेद गरिसकिन् । उनी तीन छोराकी आमा हुन् र श्रीमान्सँग सम्बन्ध विच्छेद गरिसकिन् । उनले आफ्ना बच्चा हुर्काउन केही समय मोडलिंग छाडेकी थिइन् । अहिले समाजिक सञ्जालमा उनलाई प्रशंशासँगै गाली समेत मिलेको छ । धेरैले उनले फोटो राम्रो बनाउने क्रममा थुप्रै इफेक्टस्को प्रयोग गरेको कमेन्ट गरेका छन् । उनले सामाजिक सञ्जालमा आउनुको कारण भने खोलेकी छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्याण्ड र घानाबिचको खेलमा बन्योः विश्वकप इतिहासकै खराब कीर्तिमान
-
‘गर या मर’ को स्थितिमा पानामा र क्रोएसियाको भिडन्त, पहिलो जितको खोजीमा दुवै टोली
-
बोस्टनमा इङ्गल्याण्डको ‘वान वे ट्राफिक’: बल पोजेसन भए पनि अंक बाँड्न बाध्य
-
दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट
-
सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती
-
इङ्गल्याण्ड र घानाबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण