बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

सेरे बने जिम्बाबेकै सबैभन्दा कुरुप व्यक्ति

बुधबार, ०९ मङ्सिर २०७२, १५ : ०९
बुधबार, ०९ मङ्सिर २०७२

(एजेन्सी) संसारमा ब्युटि कन्टेस्टलाई लिएर धेरै चर्चा हुन्छ । सुन्दरताका विषयमा चर्चा किन नहोस् । तर सायदै तपाईले कुरुप व्यक्तीका लागि भएको कन्टेस्टका विषयमा जान्नु भएको होला । जिम्बाबेमा यस्तै कन्टेस्ट सधैँ चर्चामा रहन्छ । ‘मिस्टर अग्ली कन्टेस्ट’मा यसपटक ४२ वर्षिय मेसन सेरेले सबैभन्दा कुरुप व्यक्तीको उपमा पाए । दाँत झरेपछि थोते बनेका शेरेले टुटेका त्यही दाँत तथा फाटेका कपडाका आधारमा उनले यो ताज जिते । उनले टफीसँगै ५ सय अमेरिकी डलर समेत जितेका छन् ।

मेसन हाल बेरोजगार छन् । अब उनका केही दाँत मात्रै झर्न बाँकी छन् । कन्टेस्ट जित्नुअघि उनले फाइनल राउन्डमा अन्य ५ कुरुप व्यक्तिलाई हराए । जीतपछि उनले भगवान्लाई धन्यवाद दिएका छन् । कन्टेस्टपछि रनरअप मेसविनुले निर्णायकहरु पक्षपाती रहेका कारण आफू दोस्रो स्थानमै सिमित भएको बताए । आयोजक डेभिड मचओले सन् २०१२ मा ब्युटि अफ अग्लिनेश आयोजना गरेपछि पूरुषहरुको यस्तै प्रतियोगिता आयोजना गरेको बताए । उनले अब फेरि अर्को प्रतियोगिता आयोजना गर्ने बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप