बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

८ ग्राम ३९० मिलिग्राम अवैध ब्राउनसुगरसहित दाङमा २ युवा पक्राउ

बुधबार, ०१ पुस २०७२, १३ : ४८
बुधबार, ०१ पुस २०७२
दाङ – इलाका प्रहरी कार्यालय तुलसीपुरले ब्राउनसुगरसहित दाङमा २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर–५ निवासी २९ वर्षका दिपक योगी र तुलसीपुर–८ निवासी २० वर्षका अरुण गन्र्धव रहेका छन् । आरोपी युवाको साथबाट ८ ग्राम ३९० मिलिग्राम अवैध ब्राउनसुगर बरामद गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरिक्षक कृष्ण प्रसाईले जानकारी दिएका छन् । बा२ख ३६२६ नम्बरको हाइस गाडीमा नेपालगञ्जबाट अवैध लागुऔषध ब्राउनसुगर बिक्री वितरणका लागि लुकाईछिपाइ ल्याउँदै गरेको गोप्य सुराकीका आधारमा जस्पुर अस्थाई प्रहरी पोष्ट नजिकै प्रहरीले पक्राउ गरेको थियो । आरोपीको शरिरमा खानतलासी गर्दा फेला नपरेपछि बोर्डको कभर्डमा ब्राउनसुगर फेला पारेको थियो । थप अनुसन्धानका लागि म्याद थप गरेर योगी र गन्र्धवलाई इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको छ । योसँगै ४ महिनाको अवधिमा प्रतिबन्धित अवैध लागुऔषध ओसार–पासार तथा बिक्रीवितरणमा संलग्न रहेको आरोपमा १२ जनलाई पक्राउ गरि कार्बाही प्रकृया अघि बढाएको प्रहरी नायब उपरिक्षक प्रसाईले बताए । प्रहरीले यसअघि पनि जसपुर, कालोखाला, राप्तीबबई क्याम्पस लगायतका क्षेत्रबाट पक्राउ परेका आरोपी विरुद्ध लागुऔषध ओसार–पसार सम्बन्धि ६ वटा मुद्दा जिल्ला अदालतमा दायर गरेको थियो । जनताको सहयोगका कारण छोटो अबधिमा सफलता हात पारेको प्रहरीले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप