बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

ट्याक्टर दुर्घटनामा एकको मृत्यु

बुधबार, ०१ पुस २०७२, १४ : ३६
बुधबार, ०१ पुस २०७२
कञ्चनपुर– भीमदत्त नगरपालिका–११ भुजेला पुलको नहरछेउमा आज बिहान से १ त ४७१७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा बेदकोट नगरपालिका–३ का ३५ वर्षीय बिर्खे खुनाको मृत्यु भएको छ । ट्याक्टरका चालक खुनाको उपचारका क्रममा महाकाली अञ्चल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ट्याक्टरमा मजदुरका रुपमा काम गर्ने भीमदत्त नगरपालिका–१० का सन्तोष भण्डारी गम्भीर घाइते भएका छन् । घाइते भण्डारीको महाकाली अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि भारततर्फ लगिएको छ । प्रहरीका अनुसार ट्याक्टर तीव्रगतिमा रहेका कारण सन्तुलन बिग्रन गई दुर्घटना भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप