आन्तरिक मामिलामा छिमेकीले चासो दिनु ठीक होइन : नेता नेपाल
शनिबार, ०४ पुस २०७२, २१ : १५
ललितपुर– नेकपा (एमाले)का नेता माधवकुमार नेपालले नेपालको आन्तरिक मामिलामा छिमेकी देशले दिएको चासोप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
नेपाल बुद्धिजीवी परिषद्द्वारा आज यहाँ आयोजित वर्तमान राष्ट्रिय सङ्कट, चुनौती, अवसर र समाधान विषयक कार्यक्रममा नेता नेपालले देशभित्रको समस्यालाई आन्तरिकरुपबाटै निकास निकाल्नुपर्नेमा जोड दिए ।
उनले विगत तीन महिनादेखि विभिन्न माग राख्दै मधेसी मोर्चाले तराईमा सञ्चालन गरिरहेको आन्दोलनतर्फ सङ्केत गर्दै उनीहरूको मागको सम्बन्धमा वार्ताको माध्यमबाट समाधान गर्न सकिने धारणा राखे ।
आम नेपालीको त्याग र सङ्घर्षबाट ल्याएको संविधानमा सबै जातजाति तथा वर्गको हक अधिकार संविधानमा सुनिश्चित गरिएको नेता नेपालले बताए । नेपालको संविधान संसारकै उत्कृष्ट संविधान बनेको उनले दाबी गरे ।
तराई आन्दोलन र नाकाबन्दीका कारण इन्धन अभावले देशको आर्थिक क्षेत्र दयनीय बन्दै गएकामा चिन्ता व्यक्त गर्दै उनले पारवहन सुविधा एउटा मात्र देशबाट लिनु गल्ती भएको उनको तर्क थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठाउँ ठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री
-
दाेलखाकाे म्याग्नेसाइट उद्योग सञ्चालनका लागि सांसद रिजालको जोड
-
गण्डकी सरकार : ११ महिनामा १३ अर्बमात्रै खर्च, एक महिनामा सकिएला ६० प्रतिशत बजेट ?
-
जी–७ शिखर सम्मेलनमा ट्रम्पले कसलाई भने– ‘म मालिक हुँ’ ?
-
शरीरलाई पानीको आवश्यकता छ छैन कसरी थाहा पाउने ?
-
होटलमा एक जनाको शङ्कास्पद मृत्यु, युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण