राजनीतिमा नवीकरण आवश्यक : पूर्व प्रधानमन्त्री भट्टराई
शनिबार, ०४ पुस २०७२, २१ : २०
काठमाडौँ– पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले राजनीतिमा नवीकरण नभएसम्म युवाको भविष्य उज्ज्वल हुन नसक्ने बताएका छन् ।
समृद्धिका लागि युवा अभियान नेपालले आज यहाँ गरेको कार्यक्रममा बोल्दै नेता भट्टराईले देशलाई छोटो अवधिमा आर्थिक समृद्धिमा लैजान राजनीतिमा सुधार आउनुपर्ने बताएका हुन् ।
उनले देशको विकासका लागि पुरानो संरचना बदली बाहिरी देशसँगको असन्तुलित सम्बन्धमा सुधार ल्याउनुपर्ने कुरामा जोड दिए । उनले भने –“देशभित्र स्थायी शान्ति कायम गरी युवालाई सिर्जनात्मक कार्यमा लगाई विदेशी परनिर्भरता कम गर्न आवश्यक छ ।”
राजनीतिक नेतृत्व ठीक नभएसम्म बाहिरी क्षेत्रले जति राम्रो काम गरे पनि देशले समृद्धि गर्न नसक्ने बताउँदै भट्टराईले भने,
“देशभित्र शान्ति कायम गरी आर्थिक परनिर्भरता कम गरी देशलाई विकास निर्माण लैजान आवश्यक भएको छ ।”
नेपाल बैंकर एसोसिएसनका अध्यक्ष उपेन्द्र पौडेलले रोजगारीको अभावमा बाहिरिएको युवा जनशक्तिलाई देशभित्रै निर्माणमा लगाउन सरकारले ठोस कदम चाल्नुपर्ने बताए ।
युवा अभियानका संयोजक प्रकाशचन्द्र सापकोटाले देशको उत्पादनशील पुस्ता विदेशिदा देशको विकास विप्रेषणमा मात्र भएको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठाउँ ठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री
-
दाेलखाकाे म्याग्नेसाइट उद्योग सञ्चालनका लागि सांसद रिजालको जोड
-
गण्डकी सरकार : ११ महिनामा १३ अर्बमात्रै खर्च, एक महिनामा सकिएला ६० प्रतिशत बजेट ?
-
जी–७ शिखर सम्मेलनमा ट्रम्पले कसलाई भने– ‘म मालिक हुँ’ ?
-
शरीरलाई पानीको आवश्यकता छ छैन कसरी थाहा पाउने ?
-
होटलमा एक जनाको शङ्कास्पद मृत्यु, युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण