पत्रकारिताले राष्ट्रियताका लागि खेलेको भूमिकाको राष्ट्रपतिबाट प्रशंसा
आइतबार, ०५ पुस २०७२, १४ : २०
काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रेस चौतारी नेपालले आज बधाइ ज्ञापन गरेको छ ।
नयाँ संविधानपछिको र मुलुककै पहिलो राष्ट्रपतिमा निर्वाचित भएकामा चौतारीको नेतृत्वले आज राष्ट्रपति भवन, शीतल निवासमा पुगी बधाइ ज्ञापन दिएको हो । चौतारीका अध्यक्ष राजेन्द्र अर्यालको नेतृत्वमा गएको टोलीको बधाइ ग्रहणपछि राष्ट्रपतिले नेपाली पत्रकारिताले मुलुकको समृद्धि र राष्ट्रियताका लागि निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गरेको महासचिव माधव नेपालले जानकारी दिए ।
चौतारीको शनिबार सम्पन्न केन्द्रीय कमिटीको पाँचौँ पूर्ण बैठकमा सहभागी सदस्य सहित पदाधिकारी राष्ट्रपति निवास पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठाउँ ठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री
-
दाेलखाकाे म्याग्नेसाइट उद्योग सञ्चालनका लागि सांसद रिजालको जोड
-
गण्डकी सरकार : ११ महिनामा १३ अर्बमात्रै खर्च, एक महिनामा सकिएला ६० प्रतिशत बजेट ?
-
जी–७ शिखर सम्मेलनमा ट्रम्पले कसलाई भने– ‘म मालिक हुँ’ ?
-
शरीरलाई पानीको आवश्यकता छ छैन कसरी थाहा पाउने ?
-
होटलमा एक जनाको शङ्कास्पद मृत्यु, युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण