बेलहिया नाकामा प्रहरी र मोर्चाका कार्यबर्ताबीच झडप, मोर्चाका संयोजक पक्राउ
आइतबार, ०५ पुस २०७२, १५ : ५९
भैरहवा–रुपन्देहीको बेलहिया नाकामा प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच झडप भएको छ । सीमा नाकामा धर्ना दिन जाने क्रममा प्रहरीले अवरोध गरेपछि मोर्चाका कार्यकर्ताले प्रहरीमाथि ढुंगा हानेका छन् ।
नाकामा धर्ना दिन आएका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका संयोजक महेन्द्र यादवलाई प्रहरीले नियन्त्रणमा लिएको रुपन्देही प्रहरी प्रवक्ता रामेश्वर कार्कीले पुष्टि गरेका छन् । ढुंगामुढाबाट प्रहरीतर्फ कोही घाईते नभएको कार्र्कीले बताए । मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीचको झडपपछि केहीबेर अवरोध भएको नाका अहिले फेरी सुचारु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठाउँ ठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री
-
दाेलखाकाे म्याग्नेसाइट उद्योग सञ्चालनका लागि सांसद रिजालको जोड
-
गण्डकी सरकार : ११ महिनामा १३ अर्बमात्रै खर्च, एक महिनामा सकिएला ६० प्रतिशत बजेट ?
-
जी–७ शिखर सम्मेलनमा ट्रम्पले कसलाई भने– ‘म मालिक हुँ’ ?
-
शरीरलाई पानीको आवश्यकता छ छैन कसरी थाहा पाउने ?
-
होटलमा एक जनाको शङ्कास्पद मृत्यु, युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण