मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

चेकको रेकर्डसँगै आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा

मङ्गलबार, १४ पुस २०७२, ०८ : २२
मङ्गलबार, १४ पुस २०७२

लण्डन — मेसुट ओजिलको उत्कृष्ट प्रदर्शनको मद्दतले बोर्नेमाउथलाई पराजित गर्दै आर्सनल कम्तिमा २४ घण्टाका लागि इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लेको छ । निकै तनावपूर्ण शुरुवात भएको खेलमा ओजिलको कर्नरलाई डिफेन्डर ग्याब्रियालले गोलमा परिणत गर्दै आर्सनललाई अग्रता दिलाए । दोस्रो हाफमा ओजिलले ओलिभर जिरुको पासमा गोल गर्दै आर्सनलको अग्रता दोब्बर बनाए । पछिल्ला ६ खेलमा अपराजित रहेको बोर्नेमाउथले आर्सनललाई कडा टक्कर दिए पनि गोल भने फर्काउन सकेन र खेल आर्सनलले २—० ले आफ्नो पक्षमा पार्यो । खेलमा क्लिन सिट राख्दै आर्सनलका गोलकिपर पिटर चेकले नयाँ रेकर्ड राखेका छन् । उनले १७० वटा खेलमा गोल नखाई प्रिमियर लिगमा नयाँ रेकर्ड राख्न सफल बनेका हुन् । यसअघि शीर्ष स्थानमा रहेको लिचेस्टर सिटीले मंगलबार म्यान्चेस्टर सिटीको सामना गर्दैछ । सोमबार सम्पन्न अन्य खेलमा म्यान्चेस्टर युनाइटेड र चेल्सीबीचको खेल गोलरहित बराबरीमा सकिएको छ । खेलमा युनाइटेडले चेल्सीमाथि दबाब राखेपनि गोल गर्न भने सकेन । युनाइटेडको दुई उत्कृष्ट प्रहार पोष्टमा लागेर फर्किएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप