दुर्लभ पाटेबाघको अनुगमन सुरु
चितवन– विश्वमै लोपोन्मुख पाटेबाघको आहारा,प्रजाति, वासस्थान र अवस्था पत्ता लगाउन चितवन निकुञ्ज र आसपास क्षेत्रमा अनुगमन सुरु भएको छ ।
विभिन्न क्षेत्रमा फरक फरक संस्थाले प्राविधिकहरू परिचालन गरेर अनुगमन थालेको चितवन निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत टीकाराम पौडेलले जानकारी दिए ।
उनका अनुसार राष्ट्रिय प्रकृति संरक्षण कोषले निकुञ्जको मध्यवर्ती क्षेत्र र करिडोरमा अनुगमन थालेको छ । यस्तै निकुञ्जको पश्चिम क्षेत्रमा टाइगर ट्रष्ट नेपालले र निकुञ्जको मध्य क्षेत्रमा चितवन निकुञ्जले अनुगमन गर्ने पौडेलले जानकारी दिए ।
अहिले राष्ट्रिय प्रकृति संरक्षण कोषले भने बरन्डाभार क्षेत्रमा अनुगमन थालिसकेको निकुञ्जले जनाएको छ । अनुगमनले बाघको संरक्षणमा देखिएका समस्या पहिचान गर्ने र त्यसको आधारमा संरक्षणका रणनीति बनाइने बताइएको छ ।
सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर पार्ने सरकारी योजना सफल पार्न पनि वासस्थान र आहारा प्रजाति संरक्षणमा गम्भीर भएर लागेको निकुञ्जले जनाएको छ ।
पछिल्लो समयमा बाघ तथा संरक्षित वन्यजन्तु सरकारी वन क्षेत्र र करिडोर क्षेत्रका मध्यवर्ती वनमा समेत पाइएका छन् । त्यसैले पनि मध्यवर्ती क्षेत्रमा समेत संरक्षणका कार्यक्रम सुरु गरिएको बाटुलीपोखरी मध्येवतर्ती सामुदायिक वनका अध्यक्ष प्रकाश दवाडीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल टेलिकमद्वारा फिफा विश्वकप २०२६ का लागि विशेष 'टिभी प्याकेज' र अफर सार्वजनिक
-
बाढी-पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु
-
‘वाम–लोकतान्त्रिक युवा अभियान’मा लागेका असललाई नेकपा (माओवादी)ले गर्यो कारबाही
-
पश्चिमी न्यून चापीय रेखा तर स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण