प्रहरीको दुःखी कन्ट्रोल रुम (फोटोफिचर)
काठमाडौं - वैशाख १२ को भूकम्पले हनुमानढोकास्थित भवन भत्केपछि महानगरीय अपराध महाशाखा टेकुस्थित नेसनलन साल्क ट्रेडिङसँगै रहेको सस ब्यांक्वेटमा सरेको छ । वैशाख १५ गते सरेको महाशाखाले प्यालेसको पार्टीहललार्ई कार्यालयको रुपमा सञ्चालन गर्दै आएको छ । प्यालेसको मूल गेटमै सोधबुझका लागि टेबुल राखिएको छ । एउटै छानामुनि साँगुरो ठाउँमा विभिन्न युनिट भएकाले केही सेवाग्राही अलमलमा परेको देखिन्छ । कार्यालयको पश्चिमतर्फ सानो ठाउँमा प्रहरीका लागि मेस बनाइएको छ । महाशाखा प्रमुखका लागि बाहेक अन्यका लागि कोठा छैन । कार्यालय खुला आकाशमुनि नै चलेको छ ।
आपतकालीन अवस्थामा यहाँ सरे पनि विकल्प तयार नभएकाले अहिलेसम्म हलमै बसेर काम गर्नुपरेको महाशाखा प्रमुख सर्वेन्द्र खनालले बताए । उनले भने, ‘अब केही समयभित्रै भवन किनेरै भए पनि सर्ने तयारीमा छौँ ।’ गुन्डा नाइकेविरुद्धको चर्चित ‘घैँटे अपरेसन’ योजना महाशाखाका अधिकारीहरुले यही दुःखी कार्यालयमा बनाएका थिए । अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउन प्रारम्भमा केरकार शाखा, उपत्यका अपराध अनुसन्धान समूह र उपत्यका अपराध अनुसन्धान शाखा हुँदै १ मंसिर ०६३ बाट महाशाखामा बनाइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल टेलिकमद्वारा फिफा विश्वकप २०२६ का लागि विशेष 'टिभी प्याकेज' र अफर सार्वजनिक
-
बाढी-पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु
-
‘वाम–लोकतान्त्रिक युवा अभियान’मा लागेका असललाई नेकपा (माओवादी)ले गर्यो कारबाही
-
पश्चिमी न्यून चापीय रेखा तर स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण