मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

नयाँ शक्ति महिला अभियानले सोध्यो, ‘चिसोमा मरेको मर्यै गर्ने, सरकारको खातामा पैसा थुप्रार्ने ?’

शुक्रबार, २४ पुस २०७२, १६ : ००
शुक्रबार, २४ पुस २०७२

काठमाडौ - नयाँ शक्ति निर्माण महिला अभियानले भूकम्प पीडित चिसोमा मरेको मर्यै गर्ने, सरकारको खातामा पैसा थुप्रने, कालावजारी खुलेआम हुने, मुलुकको समस्या समाधानमा राज्य संबेदनहिन भएको अवस्थामा सरकार कहाँ छ भनेर प्रश्न गरेको छ । अभियानले शुक्रवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर आन्दोलनरत दलहरुको माग संबोधन गरेर नाकाबन्दीद्वारा सिर्जित समस्याको समधान राजनीतिक तवरले गर्न माग गर्दै त्यस्तो प्रश्न गरेको हो । उसले सहज आपूर्ति हुने ब्यवस्था गर्न, कालोबजारी नियन्त्रण गर्न, बढ्दो महंगी नियन्त्रण गर्न, भुकम्प पीडितलाई तत्काल राहतको साथसाथै आवासको ब्यवस्था गर्न र भ्रष्टाचार नियन्त्रण गर्न माग गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै अभियानकी अभियन्ता पूर्व मन्त्री कल्पना धमलाले गणतन्त्रबाट प्राप्त उपलब्धिसँगै उत्पीडित समूदायले अभाव, कालोबजारी, महंगी र भ्रष्टाचारको चर्को मार खेप्नु परिरहेको, नाकाबन्दीले भुकम्प पीडितसहित आम नेपालीको चुल्हो बल्न छाडेको अवस्थामा सरकार कालोवजारीको प्रसंसा र खोक्रो राष्ट्रबादको खेल ओढन लागेको भन्दै बास्तविकतामा उत्रिएर मुलुकको समस्या समाधानमा जिम्मेवार भएर लाग्न सुझाव दिईन् । अर्की अभियन्ता बलावति शर्माले राज्य सञ्चालन तहबाटै जनताप्रतिको गैर जिम्मेवारीपनको कारण मुलुकमा अभाव महंगी, कालोबजारी र भ्रष्टाचार बढेको भन्दै सरकारले गरिरहेको गलत कामको भण्डाफोर गर्ने चेतावनी दिईन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप