क्यान्सरको उपचार गरिव जनताको पहुँचमा पुर्याउनु पर्छ : राष्ट्रपति भण्डारी
भक्तपुर – राष्ट्रपति विद्यादेवी भण्डारीले क्यान्सर गम्भिर प्रकृतिको रोग भएकाले यसको उपचार गरिव जनताको पहुँचसम्म पु¥याउनुपर्ने बताएकी छिन् । शुक्रबार नेपाल अर्बुद रोग निवारण संस्थाको २५ औ केन्द्रीय सभाको उद्घाटन कार्यक्रममा बोल्दै उनले क्यान्सरको उपचार मंहगो हुने भएकाले गरिब तथा निमुखा जनतालाई उपचारको पहुँचमा पु¥याउनु जरुरी रहेको बताएकी हुन् । राष्ट्रपति भण्डारी नागरिकलाई सहज उपचार पहुँच पु¥याउन सुदृढ कोष स्थापना गर्नु आवश्यक रहेको र यसतर्फ सबै निकायको ध्यान जानु पर्ने बताइन् । क्यान्सर रोगको उपचारमा राज्यले पर्याप्त बजेट उपलब्ध गराउन नसकिरहेको अबस्थामा क्यान्सर रोगको रोकथाम, उपचारमा सहयोग पुर्याउन सरकार, निजी क्षेत्र, राजनीतिक निकाय र अन्य सबै क्षेत्र एकताबद्ध भएर लाग्नुपर्ने औल्याइन् । देशभर क्यान्सर रोगको बारेमा चेतना जगाउनु जरुरी रहेको औल्याउँदै राष्ट्रपति भण्डारीले रोग मुक्त समाज स्थापना गर्नु जरुरी रहेको बताइन् । कार्यक्रममा रोटरी ईन्टर नेशनल ग्लोबल ग्राण्डले क्यान्सरको उपचारमा प्रयोग हुने अत्याधुनिक उपकरण रेडियसन कोवाल्ड १६ मेशिन खरिद गर्न रु ५ करोड रुपैया प्रदान गर्ने सम्झौता पत्रमा हस्ताक्षर समेत भएको छ । यसैगरि कार्यक्रममा राष्ट्रपति भण्डारीले नेपाल अर्बुद रोग निवारण संस्थाले संचालनमा ल्याएको ५२०२६६६ नम्बरको निःशुल्क क्यान्सर हेल्प लाईन सेवा उद्घाटन गरिन् । क्यान्सरका रोगका बारेमा कुनै पनि जिज्ञासाको जानकारी कार्यालय समयभित्र लिन सकिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल टेलिकमद्वारा फिफा विश्वकप २०२६ का लागि विशेष 'टिभी प्याकेज' र अफर सार्वजनिक
-
बाढी-पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु
-
‘वाम–लोकतान्त्रिक युवा अभियान’मा लागेका असललाई नेकपा (माओवादी)ले गर्यो कारबाही
-
पश्चिमी न्यून चापीय रेखा तर स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण