‘पकेटमार’ समात्न चिटिक्क परेका महिला प्रहरी !
काठमाडौं–सार्वजनिक यातायातमा पकेटमारको बिगबिगि बढेसँगै बालाजु प्रहरीले उनीहरुलाई समात्न नयाँ शैली अपनाएको छ ।महानगरीय प्रहरी वृत बालाजुले पकेटमारलाई रंगेहात समात्नका लागि सादा पोसाकमा महिला प्रहरी परिचालन गरेको हो ।
प्रहरी वृत बालाजुका डिएसपी संजिव शर्माका अनुसार चिटिक्क परेका महिला प्रहरीहरु १५ रुपैयाँ गाडिभाडा तिरेरै माछापोखरी हुँदै बनस्थलीको ढुंगेधारासम्म घुमिरहन्छन् ।
आफ्नो एरियामा पर्ने सार्वजनिक यातायातको रुटमा महिला प्रहरीहरु १५ रुपैयाँ गाडीभाडा र एउटा मोवाईल मात्र बोकेर खचाखच भरिएको सार्वजनिक यातायात चढ्छन् अनि पाकेटमारा भए नभएको चियो गर्न थाल्छन् । यसरी दिनभर उल्लेख्य संख्याका महिला प्रहरीहरु पाकेटमारको खोजीमा घुमिरहने डिएसपी शर्माले बताए । उनले भने, ‘पाकेटमाराले कसैको पर्स झिक्दा झिक्दै पक्रने संयन्त्र बनाएका छौं, त्यसका लागि महिला प्रहरीको मोवाईबाट मिस्कल आउनासाथ ठाउँ ठाउँमा बस्ने सिआरभी भ्यान उनीहरुलाई सहयोग गर्न पुगिहाल्छ, अनि पाकेटमारा हाम्रो घेरामा पर्छन् ।’
बालाजु एरियामा उल्लेख्य संख्याका महिला प्रहरीहरु चढ्ने र ओर्लने गरिरहन्छन्, उनीहरुलाई ठाउँ–ठाउँमा बसेका सिआरभी भ्यानले खुद्रा मिलाएर गाडीभाडा दिन्छन् ।
माछापोखरीबाट चढेकी महिला प्रहरीले पाकेटमारा चढेको थाहा पाएमा बालाजु चोकमा ओर्लेर अर्की महिला प्रहरीलाई हुलियासहित बताउने र तिनीहरुलाई ढुंगेधारा पुग्दासम्म रंगेहात समातिसक्ने योजना बनाएर काम गरिरहेको डिएसपी शर्माले बताए ।
यात्रु खचाखच हुने समयमा राजधानीमा चल्ने सार्वजनिक यातायातमा पकेटमारको बिगबीगी बढ्ने गरेको प्रहरीको भनाई छ । संगठित रुपमा सार्वजनिक यातायामा सर्वसाधारणका खल्ती छाम्दै आएका पकेटमार समात्ने बालाजु प्रहरीको पछिल्लो शैली प्रभावकारी हुनसक्ने जानकारहरु बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
-
झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
-
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक’ सम्मान
-
अष्ट्रेलियाका उच्च प्रतिनिधिमण्डलको नेपाल भ्रमण सम्पन्न, द्विपक्षीय सहकार्य विस्तारमा जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण