जागिर लगाइदिने भन्दै पैसा लिएर भाग्ने ५३ वर्षीया महिला पक्राउ
सोमबार, ११ माघ २०७२, १७ : ४८
काठमाडौं– जागिर लगाइदिने भन्दै करिब चार लाख घुस लिएर फरार भएकी ५३ वर्षीया गौरिमाया घिमीरेलाई प्रहरीले पक्राउ गरेको छ ।
कृषि अनुसन्धान परिषद् सिंहदरबारमा प्राविधिक सहायक टी–४ पदमा काम गर्दै आएकी घिमिरेले कृषि अनुसन्धान परिषद्को प्राविधिक सहायक टी–४ पदमा जागिर मिलाइदिने भन्दै भन्दै नगेन्द्र घिमिरे सहितका पाँच जनाबाट घुस लिएकी थिइन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उनीबिरुद्ध उजुरी परेपछि भ्रष्टाचार मुद्धामा विशेष अदालत काठमाडौंबाट २०७२ असोजमा ६ बर्ष कैद र तिन लाख ९७ हजार जरिबाना ठहर भएसँगै फरार भएकी घिमिरेलाई केन्द्रीय अनुसन्धान ब्युरोले आईतबार साँझ पक्राउ गरेको हो ।
गौरिमायाले आर्थिक बर्ष ०६९–७० मा खुलेको नेपाल कृषि अनुसन्धान परिषद्को प्राविधीक सहायक पदमा पदपुर्ति सम्वन्धी विज्ञापन अनुसार दरखास्त दिन पुगेका पाँच युवालाई प्रलोभनमा पारी ठगेको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
-
झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
-
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक’ सम्मान
-
अष्ट्रेलियाका उच्च प्रतिनिधिमण्डलको नेपाल भ्रमण सम्पन्न, द्विपक्षीय सहकार्य विस्तारमा जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण