शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

गण्डकी विकास बैंक १२ औं बर्षमा प्रवेश

मङ्गलबार, १२ माघ २०७२, १६ : ३७
मङ्गलबार, १२ माघ २०७२

काठमाडौं–पोखराको न्यूरोडमा केन्द्रीय कार्यालय रहेको गण्डकी विकास बैंक आजदेखि आफ्नो स्थापनाको एघारौं वर्ष पुरा गरी बाह्रौं बर्षमा प्रवेश गरेको छ । उक्त अवसर पारेर बैंकले  विभिन्न कार्यक्रमको आयोजना गरेको छ । यसै अवसरमा केन्द्रीय कार्यालय पोखराको प्राङ्गणमा रक्तदान जिवनदान भन्ने मूल नाराका साथ रक्तदानको कार्यक्रमको आयोजना गरिएको छ । सो कार्यक्रममा बैंकका कर्मचारीहरु, संस्थापक एंव सर्वसाधरण शेयरधनी, ग्राहक एवं अन्य प्रभुत्व ब्यक्तित्वहरुवाट रक्त दान गरी कुल ४५ युनिट रगत संकलन भएको छ । सोहि अवसर पारेर बंैकले पोखरा उपमाहनगरपालिका वाडा नंं २५ पुम्दीभुम्दी स्थित श्री युवा ज्योती प्राथामिक विद्यालय लाई एउटा कक्षा कोठाको लागी आवश्यक पर्ने १० थान डेस्कबेन्च हस्तान्तरण गर्नुका साथै स्कुलका विद्यार्थीहरुलाई स्टेशनरी, खेलकुद समाग्री तथा खाजा वितरण समेत गरेको छ ।

त्यस्तै बैंकले सवल र सक्षम कर्मचारीवाट मात्र संस्थागत लक्ष्य प्राप्त गर्न सकिन्छ भन्ने उदेश्यका साथ बैंकका सम्पुर्ण शाखा प्रबन्धक एवं व्यवस्थापकिय तहका कर्मचारीहरुलाई यहि माघ ११ गतेका एक दिने तालिम समेत प्रदान गरिएको थियो । उक्त तालिममा बंैकको केन्द्रीय कार्यालय एंव २० वटै शाखा कार्यलयका ३० जना जिम्मेवार तहका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

बैंकले चालु आ.व.को पौष मसान्त सम्ममा ५ अर्व ४ करोड निक्षेप संकलन गरी रु ४ अर्व ७ करोड कर्जा लगानी गरेको छ । सोही अवधिमा रु ९ करोड ५ लाख संचालन मुनाफा आर्जन गर्न सफल भएको छ जुन गत आ.व.को सोही अवधि भन्दा ३८ प्रतिशतले वढी हो । सोही अवधिमा बैंकको निष्कृय कर्जा अनुपात ०.२२ प्रतिशत र कर्जा निक्षेप अनुपात ७३ प्रतिशत रहेको छ । ग्राहकहरुलाई सरल, सहज र सर्वसुलभ वित्तिय सेवा पु¥याउदै आएको यस बैंकले ग्राहकहरुलाई आधुनिक बैकिङ्ग सेवाहरु मोवाईल बैकिङ्ग, एटीएम एबीबीएस, लकर र रेमिट्यान्स सेवाहरु उपलब्ध गराउदै आएको छ । यस्तै बैठकले विभिन्न कर्जा शिर्षकहरुमा सरल र सहज तरीकाले छिटोछरितो रुपमा कर्जा उपलब्ध गराउनुका साथै निक्षेपमा आकर्षक ब्यजदर समेत प्रदान गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप