कार्यालय प्रमुख कोहि आन्दोलनमा हिँडे कोहि जाडो छल्न, सेवाग्राही मारमा
खोटाङ– जिल्लामा तेह्र कार्यालयका प्रमुख एकैसाथ जिल्लाबाहिर गएपछि काम लिएर आउने सेवाग्राही मारमा परेका छन् । दुई सातादेखि तेह्र कार्यालयका प्रमुख जिल्लाबाहिर गएपछि विभिन्न काम लिएर कार्यालय आउने सेवाग्राही मारमा परेका हुन् ।
गोष्ठी, तालिम र घर बिदाको बहाना बनाएर कार्यालय प्रमुख हिँडेपछि आफूहरु मारमा परेको सेवाग्राहीले बताएका छन् । कतिपय कार्यालय प्रमुख मधेसी मूलका भएकाले आन्दोलनका लागि गएको स्रोतले जनाएको छ । कार्यालय प्रमुख कार्यालयमा नहुँदा जिल्लाका विकट ठाउँबाट कामका लागि आएका सर्वसाधारण बढी मर्कामा परेका छन् । प्रमुखहरु गोष्ठी र तालिम छ भन्दै काठमाडौँ, विराटनगर र गाईघाट गएको कार्यालयका प्रतिनिधिले जनाएका छन् ।
कार्यालय प्रमुखसँगै दोस्रो र तेस्रो तहका कर्मचारीसमेत कार्यालयमा लामो समयदेखि उपस्थित छैनन् । स्रोतले दिएको जानकारीअनुसार स्थानीय विकास अधिकारी, विद्युत् प्राधिकरण, शिक्षा कार्यालय, जिविसका योजना अनुगमन तथा प्रशासकीय अधिकृत, स्वास्थ्य कार्यालय, जिल्ला प्राविधिक कार्यालय, नेपाल टेलिकम, निर्वाचन कार्यालयका प्रमुख र दिक्तेल नगरपालिकाका कार्यकारी अधिकृत दुई सातादेखि जिल्लाबाहिर छन् । जिल्ला हुलाक कार्यालय, सिँचाइ कार्यालय, घरेलु विकास कार्यालय, खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय र जिल्ला आयुर्वेद कार्यालयका प्रमुख पनि लामो समयदेखि जिल्लाबाहिर रहेका छन् । जिविसले इलाका परिषद्को तयारी तथा चालु आर्थिक वर्षका लागि योजना सम्झौता गर्नुपर्ने समयमा माथिल्लो दर्जाका कोही पनि जिविसमा नहुँदा सम्झौताका लागि आएका उपभोक्ता पनि मारमा परेका छन् ।
यस्तै अधिकांश गाविस सचिव पनि जिल्लाबाहिर रहेका छन् । गाँउ परिषद् सकिएलगत्तै सचिवले जिल्ला छाड्दा इलाका परिषद् गाविस योजना प्रभावकारी नहुने जिल्लावासीको भनाइ छ । जिल्लाका १३ भन्दा बढी कार्यालयमा एकैपटक कार्यालय प्रमुख नहुँदा जाडो छल्न गएको स्थानीयवासीको आरोप छ । जिल्लाबाहिर रहेका सबै कार्यालय प्रमुखले प्रशासनबाट स्वीकृति लिएर गएको प्रजिअ रुद्रबहादुर खड्काले बताए । उनका अनुसार कसैको गोष्ठी, कसैको तालिम परेको भन्दै बिदा माग्न आएकाले बिदा दिइएको हो । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
-
झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
-
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक’ सम्मान
-
अष्ट्रेलियाका उच्च प्रतिनिधिमण्डलको नेपाल भ्रमण सम्पन्न, द्विपक्षीय सहकार्य विस्तारमा जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण