तालिमपछि भैरहेको रोजगारसमेत गुमाउनेहरुको पीडा
भैरहवा– करिब १५ महिना अघि ईरिक्सा चलाउने तालिम लिएका बिष्णुपुरा गाविस गिदहियाका मुन्नीराम गौतम अहिले बेरोजगार भएका छन् । उनी ईरिक्सा चलाउने तालिम लिएकै कारण अहिले बेरोजगार हुनु परेको गुनासो सुनाउछन् । लुम्बिनी आउने पर्यटकहरुलाई हाते रिक्सामा घुमाउदै आएका गौता दैनिक ५÷६ सय कमाएर आफ्नो र आफु आश्रित परिवारको पेट पाल्दै आई रहेका थिए । तर ई रिक्सा चलाउने तालिम लिए पछि अहिले उनलाई छोराछोरी पढाउन तथा घर खर्च धान्न नै धौ धौ हुने गरेको छ । तालीम लिए बापत उनको आय स्तर बढनु पर्ने हो, तर तालीमकै कारण बेरोजगार भएको यो अनौठो घटना हो बुद्ध जन्मभुमि लुम्बिनीको । अन्तराष्ट्रिय दातृ निकाय कोईकाले लुम्बिनीमा पराम्परागत हाते रिक्सा चलाउने रिक्सा मजदुरलाई ई रिक्सा दिने भनि १५ महिना अघि तालीम समेत गरायो । तालीममा लुम्बिनी क्षेत्रका करिब १ सय ५० जना सहभागी भए । तर तालीममा सहभागी भएका प्राय रिक्सा ब्यावसायी अहिले बेरोजगार भएर हिडिरहेका छन् । तालीम लगतै उनिहरुलाई रिक्सा बाड्ने आश्वसन दिए पनि अहिले सम्म लुम्बिनी बिकास कोषमा ई रिक्सा सञ्चालन हुन नसक्दा पराम्परा गत रिक्सा चालकहरु मर्कामा परेको हुन् । दिनभरि बिकास कोष परिसरमा रहेका ई रिक्सा कुरेर नै रिक्सावालाको दैनिकी बित्ने गरेको लुम्बिनी महामाया रिक्सा चालक संघका सचिव समेत रहेको भैया भनेर चिनिने जलाल अहमदको दुखेसो छ । “ई रिक्साको नाममा हाते रिक्सा पनि चलाउन दिदैनन्, ई रिक्सा पनि कहिले सञ्चालन हुन्छ? त्यो पनि स्पष्ट गर्दैनन्” लुम्बिनी बिकास कोष प्रति आक्रोश पोख्दै भैयाले भने । अहिले रिक्सा ब्यावसायमा आश्रित परिवारहरु बैकल्पिक पेशाको खोजीमा समेत लाग्दै गएको उनले बताए । रिक्सा चलाउनलेहरुको लागी अन्य आयमूलक सीप केही पनि नभएको कारण प्राय मजदुरहरु घरेलु काम तथा निर्माण कार्यमा लागेर परिवार पाल्ने गरेको उनको भनाई छ ।
बिदेशी दातृ निकाय कोईका (कोरियन ईन्टरनेशनल कोअपरेशन एजेन्सी)को आर्थिक सहयोगमा लुम्बिनीमो ७० वटा बिद्युतिय रिक्सा ल्याईएको थियो । तर ल्याईएको १बर्ष बढी हुदा सम्म पनि यी रिक्साहरु सञ्चालनमा आउन सकेको छ्रैनन् । लुम्बिनीमा प्रदुषण रहित रीक्सा सञ्चालनमा ल्याई त्यहा आउने पर्यटकहरुलाई सहज रुपमा यात्रा गराउने उद्धेश्य राखी दातृ निकाय कोईकाको सहयोगमा आएको रीक्सा सञ्चालनमा आउन नसक्दा लुम्बिनी अन्तराष्ट्रिय संग्राहालय परीसर तथा बिश्व शान्ती द्धिपको छेउमा थन्क्याएर राखीएको छ । यस अघि लुम्बिनी बौद्ध विश्वबिद्यालयमा राखीएका यी रिक्साहरु सञ्चालनमा नआउदै १६ वटा बैट्री समेत बिश्वबिद्यालय परीसरबाटै चोरी भैसकेको छ । अहिले पनि रिक्साका बिभिन्न भागहरु बिग्रिने तथा चोरी हुने गरेको छ । चिनमा निर्मित ७० वटा बिद्युतिय रीक्सा नेपालमा ल्याएर काठमाण्डौको फेदर सलुसनले एसेम्बल्ड गरी कोईकालाई १ बर्ष अघिनै हस्तान्तरण गरीसकेको थियो । तर लुम्बिनी बिकाश कोषले बिभिन्न बहानामा हाल सम्म पनि कोइकाबाट रीक्सा बुझेको छैन । श्रोतका अनुसार कोषका सदस्य सचिव अजितमान तामाङ्गको आर्थिक प्रलोभनका कारण अहिले सम्म रिक्सा सञ्चालनमा आउन सकेको छैन । लुम्बिनी बिकाश कोषले भने कोषकै योजना अनुरुप बिद्युतिय रिक्सा आए पनि तत्कालिन समयमा त्यस्मा केही प्राबिधिक त्रुटीहरु रहेको पाईएकाले सञ्चालन नआएको जनाउदै अब छिटै सञ्चालनमा आउने दाबी गरेको छ । ‘हामीहरु छिटै इ– रीक्सा सञ्चालनको प्रकृयामा छौ, बिगतमा बिभिन्न प्राबिधीक समस्या थियो र हाल सम्म कोइकाले रीक्सा हस्तान्तरण पनि गरेको छैन, अब छिटै हस्तान्तरण भै सञ्चालनको प्रकृयामा हामी छौ,’ लुम्बिनी बिकाश कोषका सूचना अधिकृत हरिध्वज राईले भने । लुम्बिनी क्षेत्रका सरोकार वाला तथा पर्यटन ब्यबसायीहरु लुम्बिनी बिकाश कोषको ढिला सुस्तीकै कारण लुम्बिनीमा १ बर्ष बढी समय देखि रीक्सा थन्किएर बसेको बताउछन् ।पर्यटकहरुलाई सहज रुपमा यात्रा गराउन प्रदुषण मुक्त रीक्सा दातृ निकाय मार्फत आएर ८ महिना सम्म सञ्चालन हुन नसक्नु लाजमर्दो बिषय भएको लुम्बिनी क्षेत्रका पर्यटन ब्यबसायी हरुको भनाई छ । प्रति रिक्सा २ लाख रुपैयामा फेदर सलुसनले रिक्सा उपलब्ध गराएको हो । रिक्सामा ८० एम्पीयरका ४ वटा ब्याट्री लाग्दछ । चार वटै ब्याट्री ८ घन्टामा पुर्ण रुपमा चार्ज हुन्छ र चार ब्याट्रीले ८० किलोमिटर औसत सम्म चल्न सक्छ । रिक्सामा ४ जना यात्रु र एक जना चालक बस्न मिल्ने गरी बनाईएको छ । यो रीक्सामा अहिले ८ सय किलोबाटको मोटर राख्दा ३ सय केजि सम्म तौल भार बहन गर्न सक्ने र १ हजार किलोवाटको मोटर राखेमा ६ सय किलो भार बहन क्षमता रहेको छ । रिक्सामा सौर्य शक्ती समेत जडान गर्न मिल्ने गरी बनाईएको छ । यस्को गति प्रति घन्टा १० किमिको दरले रहेकाले दुर्घटनाको जोखिम अत्यन्त न्युन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
-
झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
-
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक’ सम्मान
-
अष्ट्रेलियाका उच्च प्रतिनिधिमण्डलको नेपाल भ्रमण सम्पन्न, द्विपक्षीय सहकार्य विस्तारमा जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण