जुकरबर्गको फेसबुकमा ओबामाको यस्तो कमेन्ट
वासिङटन – सामाजिक सञ्जालका संस्थापक मार्क जुकरबर्गको फेसबुकमा अमेरिकी राष्ट्रपति बाराक ओबामाले गरेको कमेन्ट अहिले चर्चाको विषय बनेको छ । जुकरबर्गले फेसबुकमा यस्तो स्ट्याटस राखेका थिए – ह्वाईट हाउसले बढी विद्यार्थीहरुलाई स्कुलमा कोडिङ पढ्ने अवसर दिने घोषणा गरेको छ । यो प्रयासमा मलाई पूर्ण विश्वास छ । १० वर्षको छदाँ मैलेँ कोडिङ सुरु गरेको थिएँ । मलाई मेरो बुबाले उहाँको डेन्टल अफिसमा कम्प्यूटर खेल्न छाडिदिनुहुन्थ्यो । त्यतिबेलेैबाट म यो प्रविधिसँग आर्कषित भए । म जान्न चाहन्थे कि यसले कसरी काम गर्छ । त्यसैले मैले प्रोग्रामिङ सुरु गरेँ । यसले मेरो जीवनमा ठूलो अर्थ राख्यो । जब मानिसहरुले कोड गर्न सिक्छ । उनीहरुले भविष्यका लागि प्रडक्टहरु बनाएर हाम्रो समाजलाई अगाडी लैजाने अवसर पाउँछन् । फेसबुकमा हामीले टेकप्रिपमार्फत कोड सिक्ने चाहनेलाई सहयोग गर्छौ । प्रिसिला र मैले कोड डट ओआरजीलाई पनि सहयोग गर्दैछौ । हामी हाो चान जुकरबर्ग इनिसियटिभमार्फत थप अवसरहरु सिर्जना गर्नेमा केन्द्रित छौ । विद्यालयमा कम्प्यूटर साईन्सले सबैलाई धेरै अवसर सिर्जना गरिदिएको छ । ओबामाले जवाफ फर्काउदै लेखेका छन्– धन्यवाद् मार्क । हामीले हाम्रा सबै बालबालिका र विशेषगरी छात्रा तथा उत्पिडितलाई भविष्यमा जागिर खानका लागि आवश्यक सिप सिकाउनुपर्छ । यस्तो सिप भन्नाले कम्प्यूटरसँग काम गर्ने सिपमात्रै होइन, बरु कोडिङ र एनालाईटिकल स्किल समेत हो जसले उनीहरुलाई सहयोग गर्छ । त्यसैले हामी काम गर्दैछौ । कक्षा कोठा, व्यवसाय र समूदायसँगै सिंगो देशमा यस्तो कामको थालनी भइसकेको छ । सरकारले यसका लाग थप प्रयास गर्छ । एक भएर हामीले हाम्रा साना बच्चालाई अघि बढ्न आवश्यक सबै सिप दिनेछौ ।’
The White House just announced its plan to give more students the opportunity to learn to code in schools. This is an...
Posted by Mark Zuckerberg on Saturday, January 30, 2016
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्याण्ड र घानाबिचको खेलमा बन्योः विश्वकप इतिहासकै खराब कीर्तिमान
-
‘गर या मर’ को स्थितिमा पानामा र क्रोएसियाको भिडन्त, पहिलो जितको खोजीमा दुवै टोली
-
बोस्टनमा इङ्गल्याण्डको ‘वान वे ट्राफिक’: बल पोजेसन भए पनि अंक बाँड्न बाध्य
-
दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट
-
सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती
-
इङ्गल्याण्ड र घानाबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण