शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

खानेपानी समस्याले बस्ती उठ्ने खतरा

आइतबार, १७ माघ २०७२, १७ : २७
आइतबार, १७ माघ २०७२

डोल्पा–डोल्पाको त्रिपुराकोट गाविसस्थित वडा नं ७ र ८ का तिनवटा बस्ती खानेपानीको समस्याले सर्ने खतरा बढेको छ । स्थानीयले दुई बर्ष यतादेखि प्रयोग गर्दै आएका खानेपानीका धाराहरुमा पानी सुक्दै जान थालेपछि रसिका, माझगाँउ र डाँडागाँउ डाँडा गाँउका तिन वटा बस्ति उठ्ने खतरा देखिएको हो । गाँउ नजिकैका पानीका मुहानपनि सुक्न थालेको र टाढाको मुहानबाट पानी ल्याउनकोलागि कुनैपनि निकायले सहयोग नगरेपछि बस्तिनै संकटमा परेको स्थानियबासिहरुले बताए । खानेपानीको सहज उपलब्धता नहुँदा करीब दुईसयको हाराहारीमा रहेका बस्तिका सर्बसाधारणहरु समस्यामा परेका हुन् । तीनओटा गाँउकोलागि जम्मा तिनवटा धारा छन् । त्यसमापनि मुस्किलले एउटा धारामापनि पानी आउन छाडेकाले घण्टौसम्म लाईनबस्नु पर्ने बाध्यता रहेको स्थानियबासी धन कर्ण बुढाले बताए । तिन गाँउहरु मध्ये कुनै एक गाँउमा पानी छोड्नलाई अर्को गाँउमा बन्द गर्नुपर्ने बाध्यता रहेको बुढाले बताए । पानीको समस्याले गर्दा सरसफाईमा गर्नमा समस्या पर्नुको साथै बस्तिुभाउलाई पानी खुवाउन समेत समस्या परेको गुनासो उनले गरे ।

पानीको अभाबमा सरफाई नहुँदा स्थानियको स्वास्थ्यमा समेत असर परेको छ । बर्षैपिच्छै पानीका मुहान सुक्दै जान थालेपछि कि खानेपानीको ब्यबस्था गरीदिन कित बस्तिनै उठाईदिन स्थानियबासिहरुले सरकार संग आग्रह गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप