एनसेलले ल्यायो ‘नाइट भ्वाइस प्याक’ योजना, १२ पैसा प्रति मिनेटमा कुरा हुने
काठमाडौं–देशकै अग्रणी मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकका लागि ‘नाइट भ्वाइस प्याक’ योजना ल्याएको छ । यस अन्र्तगत एनसेलका प्रिपेड ग्राहकले एनसेलको कुनै पनि नम्बरमा अब कर बाहेक मात्र १२ पैसा प्रति मिनेटको अति सुलभ दरमा रात्री कल गर्न सक्छन् । नाइट भ्वाइस प्याक योजना यहि सोमबार (माघ १८) बाट लागु हुनेछ । योजनामा ग्राहकले ६० मिनेट अन–नेट टक टाइम रहेको रात्रीकालिन भ्वाईस प्याक कर बाहेक रु ७ मा खरिद गर्न सक्छन् । अर्थात्, रातको समयमा प्रति मिनेट कर बाहेक लगभग १२ पैसामा एनसेलको कुनै पनि नम्बरमा कुरा गर्न सक्छन् ।
नाइट भ्वाइस प्याकको समयावधि २४ घण्टासम्म मान्य रहेको छ र प्याक अन्र्तगतको टक टाइम एनसेल नेटवर्क भित्र राति १० बजे देखि बिहान ६ बजे सम्म प्रयोग गरर्न सकिनेछ । एनसेलका सम्पूर्ण ग्राहकले यस योजनामा सहभागी भई प्याक अन्तर्गको सुविधाको लाभ लिन सक्छन् । ग्राहकले १७१०६ मा डायल गरी प्राप्त जानकारी अनुसार नाइट भ्वाइस प्याक खरिद गर्न सक्छन् । त्यसैगरी अंग्रजीको ए (A) टाइप गरी १७१०६ मा एसएमएस पठाएर पनि प्याक लिन सकिन्छ । ग्राहकले पनि एस्ट्रिक्स ९०१ ह्यास डायल गरी आफ्नो बाँकी टक टाइमको जानकारी लिन सक्छन् । नाइट भ्वाइस प्याकको समयावधि वा टक टाइम सकिएपछि विद्यमान रात्री शुल्क लागु हुनेछ । “दैनिक र साप्ताहिक भ्वाईस प्याक पछि यो रात्रिकालिन भ्वाइस प्याक ल्याउन पाउँदा हामी हर्षित भएका छौं । यसले हाम्रा प्रिपेड ग्राहकलाई रातको समयमा अति सुलभ दरमा आफ्ना प्रियजनसँग सम्पर्कमा रहन सहज बनाएको छ,” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने । एनसेलले सुलभ दरमा गुणस्तरिय सेवा उपलब्ध गराउने प्रतिबद्धता बमोजिम यो योजना ल्याएको उनले जानकारी दिए । एनसेलले प्रिपेड ग्राहकका लागि कहि समय अघि दैनिक र साप्ताहिक भ्वाईस प्याक ल्याएको थियो, जस अन्तर्गत ग्राहकले आफ्नो आवश्यकता अनुसार दैनिक वा साप्ताहिक भ्वाईस प्याक लिई कर सहित क्रमशः रु १ प्रति मिनेट र ८६ पैसा प्रति मिनेटमा कुरा गर्न सक्छन् । ग्राहकले भ्वाइस प्याक र नाइट भ्वाइस प्याक दुवै खरिद गर्दा, रात्रीकालिन कलमा पहिला नाइट भ्वाइस प्याक प्रयोग हुनेछ । ग्राहकले आफ्नो आवश्यकता अनुसार जति पटक पनि यो नाइट भ्वाइस प्याक लिन सक्छन् । एक भन्दा बढि पटक प्याक किन्दा टक टाइम पनि सोहि अनुसार बढ्दै जाने र समयाबधि पनि पछिल्लो पटक प्याक किन्दाको समयानुसार बढ्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कार्यव्यवस्था नभएपछि प्रमुख सचेतकहरूको बैठक आह्वान
-
भुक्तानी सेवामा भारतसँग तीन वर्षअघिको सम्झौता कार्यान्वयन, के के हुन्छ सहज ?
-
भारतीय अभिनेता राकेश बेदी काठमाडौँमा
-
विश्व खाद्य सुरक्षा दिवस : भोजमा ३० प्रतिशतभन्दा बढी खाना फालिन्छ
-
सदनको गतिरोध अन्त्यका लागि ५ दिनसम्म भएन पहल
-
किन बारम्बार पार्टनरको फोनमा जान्छ नजर ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण