डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, अनशन स्थलमा स्थानीयको प्रदर्शन
सारांश
- धनगढीमा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लैजाने तयारी गरिएको छ।
- तीन दिनदेखि अनशन बसिरहेका केसीको शरीरमा सुगरको मात्रा ५० सम्म झरेको छ।
- यसैबिच, सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको तयारी भइरहेका बेला डा. केसीको अनशनविरुद्ध स्थानीयवासीले प्रदर्शन गरेका छन्।
धनगढी । धनगढीमा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएपछि सेती प्रादेशिक अस्पताल लगिएको छ। उनको आइसीयूमा उपचार थालिएको डाक्टर अमृत जैसीले जानकारी दिए ।
तीन दिनदेखि कृष्ण मन्दिरमा अनशन बसिरहेका केसीको शरीरमा सुगरको मात्रा ५० सम्म झरेको छ।
यसैबिच, डा. केसीको अनशनविरुद्ध स्थानीयवासीले कृष्ण मन्दिर परिसरमा प्रदर्शन गरेका छन्। अनशन स्थलमै पुगेका उनीहरूले तत्काल अनशन तोड्न माग गर्दै नाराबाजी गरेका थिए।
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको तयारी भइरहेका बेला डा. केसीको अनशनलाई लिएर स्थानीयमा असन्तुष्टि देखिएको हो। प्रदर्शनकारीहरूले विश्वविद्यालय सञ्चालनको प्रक्रियामा अवरोध सिर्जना गर्न स्वार्थ समूहले डा. केसीलाई प्रयोग गरेको आरोप लगाएका छन्।
प्रदर्शनका क्रममा भिड नियन्त्रणका लागि सुरक्षाकर्मी परिचालन गरिएको थियो।
चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधारलगायत विभिन्न माग राख्दै डा. केसीले धनगढीको कृष्ण मन्दिरमा आफ्नो २४औँ अनशन सुरु गरेका हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशका १० पालिकामा नमुना कृषि कार्यक्रम लागू गर्ने योजना छ : मन्त्री चौधरी
-
महाकाली र महेन्द्र राजमार्ग स्तरोन्नतिका लागि ठेक्का आह्वान
-
गैरकानुनी आयुर्वेद औषधि उत्पादन, बिक्री वितरण र भ्रामक विज्ञापन रोक्न अपिल
-
सलमान खानको रहस्यमयी पोस्ट भाइरल
-
नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण