हिजो के–के घटना घटे काठमाडौंमा
काठमाडौं–माघ १६ गते उपत्यकामा कहाँ के घटना घटे त ? नेपाल प्रहरीका अनुसार माघ १६ गते उपत्यकामा घटेका घटनाहरु : मृत अवस्थामा फेला माघ १६ गते विष्णुमती खोलाको किनारामा नामथर नखुलेको एक व्यक्ति मृत अवस्थामा भेटिएका छन् । अन्दाजी ३५/३६ वर्षीय पुरुष व्यक्ति मृत अवस्थामा दिउँसो ३ः४५ मा महानगरीय प्रहरी वृत जनसेवाबाट खटिएको प्रहरी टोलीले भेटाएका हुन् । उनको शवको जाँच मुचुल्का कार्य सम्पन्न गरी पोष्टमार्टमको लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको र अन्य अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।
करेन्ट लागि मृत्यु माघ १६ गते नै बुढानिलकण्ठ नगरपालिका–७ पासिकोट गोर्खाली टोलस्थित एक व्यक्तिको करेन्ट लागि मृत्यु भएको हो । निर्माणधिन घरमा मार्बल घोप्टाउँदै गरेको अवस्थामा बेलुकी ७ः३० बजे विद्युत सर्ट भई बर्दिया नयाँगाउँ–२ घर भएका प्रेम चौधरीको मृत्यु भएको हो । हाल सामाखुसी बस्दै आएका २८ वर्षीय चौधरीको शवको जाँच् मुचुल्का कार्य सम्पन्न गरी पोष्टमार्टमको लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको र अन्य अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।
धारिलो हतियारसहित २ जना नियन्त्रणमा माघ १६ गते नागाजुर्न नगरपालिका–४ सितापाइला ज्योती एकेडेमी नजिकै धारिलो हतियारसहित दुई जना पक्राउ परेका छन् । गोप्य सूचनाको आधारमा तत्काल महानगरीय प्रहरी वृत स्यम्भुबाट खटिएको टोलीले बेलुका ८ बजे उक्त स्थानमा चेकजाँचको क्रममा १ थान खुकुरीसहित पक्राउ गरेको हो । पक्राउ परेकाहरु सर्लाही घर भइ हाल बाफल बस्ने २० वर्षीय आकाश घिमिरे र काठमाडौं महानगरपालिका–१३ बापल घर भएका २० वर्षीय विराज महर्जनलाई नियन्त्रणमा लिई महानगरीय प्रहरी वृत स्यम्भुमा राखी आवश्यक खोज अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
-
अनशनरत डा. गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना, आईसीयूमा राखेर उपचार सुरु
-
पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’
-
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन
-
प्रिमियर लिगमा चम्किन तयार १० युवा प्रतिभा
-
डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, अनशन स्थलमा स्थानीयको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण