प्रधानसेनापति क्षत्री सोमबार भारत जाँदै
काठमाडौँ– प्रधानसेनापति राजेन्द्र क्षत्री मित्रराष्ट्र भारतको औपचारिक भ्रमणका लागि भोलि सोमबार त्यसतर्फ प्रस्थान गर्ने छन् ।
भारतका स्थल सेनाध्यक्ष जनरल दलवीर सिंहको औपचारिक निमन्त्रणामा उनी भारत जान लागेका हुन् ।
प्रधानसेनापतिको नियुक्तिपश्चात उनी पहिलो पटक हुन लागेको भारत भ्रमणका सिलसिलामा उनलाई भारतका राष्ट्रपति प्रणव मुखर्जीबाट भारतीय स्थलसेनाको मानार्थ महारथी दर्जाको दज्र्यानी चिह्नबाट सम्मान गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
दुई देशका सेनाबीच रहिआएको परम्परागत आपसी सौहार्द सम्बन्धअनुरुप दुवै देशका सेना प्रमुखलाई कदरस्वरुप सन् १९५० देखि मानार्थ महारथी दिने प्रचलन रहिआएको छ ।
भ्रमणका क्रममा प्रधानसेनापति क्षत्रीले भारतका स्थल सेनाध्यक्ष, वायुसेना प्रमुख, नौसेना प्रमुखसँग पनि भेटघाट गर्ने बताइएको छ । त्यस्तै, उनले भारतका गृहमन्त्री, रक्षामन्त्री, विदेश मन्त्रीलगायत उच्चपदस्थ पदाधिकारीसँग पनि भेट गर्नेछन् ।
सो अवसरमा प्रधानसेनापति क्षत्रीले भारतका राष्ट्रपति तथा वरिष्ठ भारतीय अधिकारीलाई राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी तथा नेपाल सरकार र नेपाली जनताका तर्फबाट शुभकामना दिनेछन् ।
भ्रमणदलमा श्रीमती रीता क्षत्री, सैनिक समाचार महानिर्देशक उपरथी श्री शम्शेर ठकुराठी, प्रधानसेनापतिको सैनिक सहायक सहायकरथी काजीबहादुर खत्रीलगायत नौजना रहने निर्देशनालयले जनाएको छ । प्रधानसेनापति क्षत्री यही माघ २३ गते स्वदेश फर्कने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
-
अनशनरत डा. गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना, आईसीयूमा राखेर उपचार सुरु
-
पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’
-
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन
-
प्रिमियर लिगमा चम्किन तयार १० युवा प्रतिभा
-
डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, अनशन स्थलमा स्थानीयको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण