सिभिल होम्सले निर्माण गरेका भवनमा कम क्षति
काठमाडौँ– गत वैशाखमा गएको विनाशकारी भूकम्पका कारण हाउजिङ क्षेत्रमा ठूलो नोक्सानी पु¥याएको भए पनि सिभिल होम्स प्रालिले निर्माण गरेका भवनमा नगन्य क्षति भएको बताइएको छ ।
सिभिल होम्स प्रालिले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गर्दै होम्सअन्तर्गत रही निर्माण भएका व्यक्तिगत र व्यावसायिक प्रयोजनका केही भवनमा आंशिकमात्र क्षति पुगेको आज जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
सम्मेलनमा बोल्दै सिभिल होम्सका सल्लाहकार खेम खरेलले २०५७ सालदेखि आफ्नो सेवा सुरु गरेको होम्सले हालसम्ममा दुई हजार आवासीय भवन निर्माण गरी नागरिकलाई प्रदान गरिसकेको बताएको छ ।
त्यसैगरी, प्राविधिक सल्लाहकार सुशील उपाध्यायले भूकम्पले हाउजिङक्षेत्रमा ९० प्रतिशत नोक्सानी पारेको भए पनि मजबुत भवन निर्माणका कारण सिभिल होम्सले निर्माण गरेका भवनमा क्षति नपुगेको ठोकुवा गरे ।
इन्जिनिएर पियुष प्रधानका अनुसार काठमाडौँको मुटु सुन्धारामा रहेको सिटिसी मल पनि पूर्णरुपमा सुरक्षित रहेको बताउँदै प्रत्येक तलामा विभिन्न किसिमका ठूला पसल र विभिन्न कम्पनीका सर्भिस सेन्टर रहेको जानकारी गराए ।
पन्ध्र वर्षको अन्तरालमा होम्सले भैँसेपाटी, कलङ्की, तीनथाना, सुनाकोठी, धापाखेल, खुमलटार, सीतापाइला र सुन्धारामा आफ्नो क्षेत्र विस्तार गरिसकेको पनि विज्ञप्तिमा उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौँ : महामन्त्री बुर्लाकोटी
-
इरान भन्छ– अमेरिकाको विरोधाभासी अडान नै वार्ताको मुख्य समस्या
-
एमालेको पुनर्गठन किन र कसरी ?
-
धर्मपुत्री बन्न १२ वर्षकी बालिका बनेर परिवार झुक्याउने ३७ वर्षीया महिला पक्राउ
-
बिहानै कालो कफी पिउनु कति सुरक्षित ?
-
बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण