अधिवेशनको कार्यक्रममा अवरोध नगर्न महन्थलाई सुशीलको आग्रह
आइतबार, १७ माघ २०७२, २३ : ०५
काठमाडौँ - नेपाली काँग्रेसका सभापति सुशील कोइराला र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच आज भेटवार्ता भएको छ ।
कोइराला निवास महाराजगञ्जमा भएको भेटवार्तामा उनीहरूले मधेसी मोर्चाका मागका बारेमा छलफल गरेका थिए । केही दिनअघि उपचारका लागि भारत पुगेर ठाकुर स्वदेश फर्किएपछि पहिलोपटक सभापति कोइरालालाई भेटेका हुन् । लामो समयदेखि प्रमुख दल र मधेसी मोर्चाका नेताबीचमा भएको संवादहीनतालाई अन्त्य गरी फेरि वार्तालाई अगाडि बढाउन सभापति कोइरालाले जोड दिनुभएको कोइरालाका सहयोगी अतुल कोइरालाले जानकारी दिए । त्यसैगरी, संविधान संशोधनबाट केही माग पूरा भइसकेकाले बाँकी मागलाई विस्तारै सम्बोधन गर्दै जान सकिने भएकाले अहिलेलाई आन्दोलन फिर्ता लिन पनि सभापति कोइरालाले अध्यक्ष ठाकुरलाई आग्रह गरेका थिए । जवाफमा अध्यक्ष ठाकुरले संशोधनबाट मुख्यमुख्य माग नै सम्बोधन नभएकाले आन्दोलन फिर्ता लिने अवस्था नरहेपनि आन्दोलनको स्वरुप परिवर्तन गर्नेबारेमा भने मोर्चामा छलफल भइरहेको जानकारी दिऐ । सभापति कोइरालाले अध्यक्ष ठाकुरलाई तराईमा काँग्रेसको अधिवेशन गर्न बाधा नगर्न पनि आग्रह गरेका थिए । दुई शीर्ष नेताकाबीचमा भएको छलफलपछि काँग्रेसका उपसभापति रामचन्द्र पौडेल, महामन्त्री प्रकाशमान सिंह तथा नेता महेश आचार्यलगायतकासँग पनि ठाकुरले छलफल गरेका थिए ।खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौँ : महामन्त्री बुर्लाकोटी
-
इरान भन्छ– अमेरिकाको विरोधाभासी अडान नै वार्ताको मुख्य समस्या
-
एमालेको पुनर्गठन किन र कसरी ?
-
धर्मपुत्री बन्न १२ वर्षकी बालिका बनेर परिवार झुक्याउने ३७ वर्षीया महिला पक्राउ
-
बिहानै कालो कफी पिउनु कति सुरक्षित ?
-
बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण