स्वास्थ्य चौकीमा गर्भपतन गराउनेको सङ्ख्यामा वृद्धि
कञ्चनपुर– कञ्चनपुरको बेदकोटनगरपालिकास्थित दैजीमा स्वास्थ्य चौकीमा अनिच्छित गर्भपतन गराउने महिलाको सङ्ख्यामा वृद्धि हुँदै गएको छ ।
स्वास्थ्य चौकीमा मासिक रूपमा पाँचदेखि आठजनासम्म महिलाले गर्भपतन गराउँदै आएका छन् । गर्भपतन सेवा लिनेमा अधिकांश १८ देखि ३५ वर्षसम्मका विवाहित र अविवाहित महिला रहेको स्वास्थ्य चौकीका प्रमुख सिद्धराज भट्टले बताए । गर्भपतन सेवा दिनका लागि स्वास्थ्य चौकीमा दक्ष स्वास्थ्यकर्मीको व्यवस्थापछि अनिच्छित रूपमा गर्भ रहेका महिला पुग्ने गरेको उनले उल्लेख गरे ।
गर्भपतन सेवा सुरु भएको दुई वर्षको अवधिमै सय बढी महिलालाई सो सेवा उपलब्ध गराएका छौँ उनले भने – “गर्भपतन सेवा सुरु भएपछि मातृमृत्यु दर र महिलामा देखिने बाँझोपनको समस्यामा कमी आएको छ ।”
गर्भवती महिलाको मञ्जुरीमा नौ हप्तासम्मको गर्भपतन गराउन सक्ने व्यवस्था गरिएको छ । असुरक्षित तरिकाले महिलाले समाजमा बेइज्जत हुने डरले भारतीय निजी क्लिनिकमा गर्भपतन गराउँदा ज्यान नै जाने समस्या रहेको थियो स्वास्थ्य चौकीका प्रमुख भट्टले भने – “असुरक्षित तरिकाले गर्भपतन गराउँदा बढी रक्तस्राव हुने, ज्वरो आउने बेहोस हुने, पाठेघरमा सङ्क्रमण हुने र महिलाको ज्यानै जाने समस्या स्वास्थ्य चौकीमै सुरक्षित गर्भपतन सेवाले हटाएको छ ।”
कञ्चनपुरका अधिकांश स्वास्थ्य चौकीमा सुरक्षित गर्भपतन सेवा उपलब्ध गराइएको छ । जनस्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार सुरक्षित गर्भपतन सेवा प्रक्रिया २०६० अनुसार १२ हप्तासम्मको गर्भवती महिलाको मञ्जुरीमा पतन गर्न कानुनले मञ्जुरी दिएको छ । जबर्जस्ती करणी, हाडनाता भएको अवस्थामा १८ हप्तासम्मको गर्भपतन गराउन सकिने हुन्छ ।
लिङ्ग गहिचान गरेर, गर्भवती महिलाको सहमतिबिना र १२ हप्तामाथिको गर्भपतन गराउन कानुनले बन्देज लगाएको छ । गर्भवती महिलाको ज्यानै जाने अवस्थामा विशेषज्ञ र अनुमति प्राप्त चिकित्सकले मात्रै १८ हप्तासम्मको गर्भपतन गराउने कानुनी व्यवस्था रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
-
नागरिक एपबाटै ग्लोबल आइएमई बैंकको खाता खोल्न सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण