कांग्रेसका जिल्लास्तरीय प्रभावशाली नेता नै पराजित
तनहुँ– नेपाली काँग्रेसको जिल्ला राजनीतिमा राम्रै प्रभाव जमाउन सफल केही नेता क्षेत्रीय प्रतिनिधिमै पराजित भएका छन् ।
जिल्ला अधिवेशनमा महत्वपूर्ण भूमिकामा आउन सक्ने नेतालाई गाउँका क्रियाशील सदस्यले गाउँमै हराइदिएका हुन् । पूर्वसभासद् उर्मिला थापालाई घाँसीकुवा गाविसबाट क्षेत्रीय प्रतिनिधिमै पराजित गराइदिएका छन् ।
त्यस्तै जिल्ला प्रवक्ता हरि वाग्ले शुक्लागण्डकी नगरपालिका–२ बाट पराजित भएका छन् । उनले दुई मत मात्र ल्याएका छन् । रेडक्रस तनहुँका पूर्वसभापति परशुराम गिरी राम्जाकोटबाट क्षेत्रीय प्रतिनिधिमा पराजित भएका छन् ।
त्यस्तै जिल्ला पूर्व सदस्य परमेश्वर भट्टराई पनि केशवटारबाट पराजित भएका छन् । पराजितमध्ये थापा, गिरी र भट्टराई पूर्व सहमहामन्त्री गोविन्दराज जोशी निकट मानिन्छन् ।
क्षेत्रीय अधिवशेनमै पराजित भएपछि ती नेताहरुले जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य पदमा निर्वाचन लड्न नपाउने भएका छन् । काँग्रेसको क्षेत्रीय अधिवेशन माघ २२ गते र जिल्ला अधिवेशन माघ २५ गते तोकिएको छ ।
काँग्रेसको नगर समितितर्फ व्यास नगरमा शान्तिरमण वाग्ले सर्वसम्मत भएका छन् भने शुक्लागण्डकीमा माधव भट्टराई, भानुमा श्रीभक्त आचार्य, बन्दीपुरमा कर्णबहादुर खड्का र आबुँखैरेनी नगरपालिकामा गिरबहादुर थापा निर्वाचित भएका छन् । सबै गाविसमा अधिवेशन सम्पन्न भए पनि निर्वाचन परिणाम जिल्ला कार्यालयमा प्राप्त भई नसकेको निर्वाचन समितिका सदस्य केशव भट्टराईले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
-
नागरिक एपबाटै ग्लोबल आइएमई बैंकको खाता खोल्न सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण