शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आगो ताप्दा जलेर मृत्यु

सोमबार, १८ माघ २०७२, ११ : ५९
सोमबार, १८ माघ २०७२
झापा  – दक्षिणी झापाको घेराबारीमा आज बिहान एक व्यक्तिको जलेर मृत्यु भएको छ । घेराबारी– ६ मिलडाँडा निवासी ५० वर्षीय चन्द्रबहादुर रुम्बाको छिमेकी फूलमाया मेचेको घरमा आगो ताप्ने क्रममा जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय राजगढले जनाएको छ । मादक पदार्थ सेवन गरेका रुम्बाको अगेनामा बालेको आगो ताप्ने क्रममा घोप्टिएर लडेपछि जलेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय राजगढका प्रमुख भरत केसीले जानकारी दिए। रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप