पर्सामा आज गाउँ तथा नगर निर्वाचन हुँदै
वीरगन्ज– नेपाली काँग्रेसको महाधिवेशन कार्यतालिकाअनुरुप आज पर्साको गाउँ तथा नगर निर्वाचन हुँदैछ । नेपाली काँग्रेस पर्साको यहाँ बसेको बैठकले गाउँ तथा नगरपालिकाको निर्वाचन कार्यतालिकाअन्तर्गत आज गाउँ तथा नगरको निर्वाचन गर्ने निर्णय गरेको पार्टीका जिल्ला सभापति सुरेन्द्रप्रसाद चौधरीले बताए ।
केन्द्रीय निर्वाचन समितिले माघ १५ मा गाउँ र नगरको अधिवेशनको कार्यतालिका तय गरे पनि पर्सामा आज मात्र अधिवेशन हुन लागेको हो । जिल्लाका केही गाउँ समिति र नगरका वडामा सर्वसम्मत नेतृत्व चयन गर्ने निश्चित भए पनि अधिकांश वडा र गाउँमा निर्वाचन हुने पार्टीका केन्द्रीय पर्यवेक्षक निरन्जन आचार्यले जानकारी दिए । जिल्लाका नगर तथा गाउँ सबै ठाउँका लागि निर्वाचन प्रतिनिधि खटाइसकेको पनि उनलेृ बताए ।
कतिपय गाविस र नगरका वडामा सहमतिको आधारमा नेतृत्व चयन हुने देखिएको छ । महाधिवेशनअन्तर्गत जिल्ला समिति र क्षेत्रीय समितिमा आउन चाहनेले मात्र नभई महाधिवेशन प्रतिनिधि बन्न चाहने पनि गाउँ र नगरका वडाबाट क्षेत्रीय प्रतिनिधि बन्नुपर्ने प्रावधानका कारण यतिखेर सबैजसो नेता, कार्यकर्ताको ध्यान आ–आफ्नो गाउँ र वडामा केन्द्रित भएको छ ।
जिल्ला अधिवेशनमा जनार्दनसिंह क्षेत्री, अजयकुमार द्विवेदी, रामनारायण कुर्मी र अशोक जयसवाल अध्यक्षका लागि आकाङ्क्षीको रुपमा अगाडि आएका छन् । त्यस्तै वीरगन्ज उपमहानगरपालिकाको अध्यक्ष पदमा सन्तोष सिंह र भोला साहबीच प्रतिस्पर्धा हुने काँग्रेसजनमा चर्चा बनेको छ ।
यसैगरी पर्सा निर्वाचन क्षेत्र नं १ मा विजय सर्राफ र महम्मद शाहवुद्दिन, क्षेत्र नं २ मा अरबिन्द गुप्ता र वीरेन्द्र पटेल, क्षेत्र नं ३ मा लालबाबु पाण्डे र गम्भीरा साह, क्षेत्र नं ४ मा श्रीकिसुन चौहान र बब्लु श्रीवास्तव तथा क्षेत्र नं ५ मा नवीन सिंहले क्षेत्रीय सभापतिको रुपमा आफूलाई अगाडि गरेका छन् । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
-
नागरिक एपबाटै ग्लोबल आइएमई बैंकको खाता खोल्न सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण