मधेशी गठबन्धनले भन्यो : महागठबन्धन निर्माणमा मोर्चा सकारात्मक भएन
काठमाडौं– संघीय समावेशी मधेसी गठबन्धनले ९ दलीय गठबन्धनलाई नै महागठबन्धन बनाउने विषय आफूहरुलाई अस्वीकार्य हुने स्पष्ट पारेको छ । गठबन्धनको सोमबार वीरगन्जमा सम्पन्न बैठकले ९ दलीय गठबन्धनलाई नै महागठबन्धनमा परिवर्तन गर्ने कुरा आफूहरुलाई अस्वीकार्य भएको स्पष्ट पारेको हो । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले ९ दलीय गठबन्धनलाई नै महागठबन्धन बनाइनु पर्ने बताइरहेको बेला गठबन्धनले यस्तो बताएको हो । गठबन्धनले एउटै महागठबन्धन, एउटै मागपत्र र एउटै वार्ता टोली अहिलको आवश्यकता भएपनि महागठबन्धन निर्माणका लागि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको सकारात्मक दृष्टिकोण बन्नु आवश्यक रहेकोमा जोड दिएको छ ।
‘ एउटै महागठबन्धन, एउटै मागपत्र र एउटै वार्ता टोली आजको मांग हो । महागठबन्धन निर्माणका लागि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको सकारात्मक दृष्टिकोण बन्नु आवश्यक छ ’, गठबन्धले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘महागठबन्धनको निर्माणका लागि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई सहमत हुन हामी पुनः आग्रह गर्दछौ ।’
विद्यमान आन्दोलन र वर्तमान राजनितिक गतिरोध मुलतः मधेशसँग सम्बन्धित रहेको भन्दै गठबन्धनले आफूहरु मधेश केन्द्रित आन्दोलनको पक्षमा रहेको पनि बताएको छ । गठबन्धनले मधेसी मोर्चा आन्दोलनको क्रममा विचलित हुन पुगेको आरोप समेत लगाएको छ ।
आन्दोलन नरोक्ने
गठबन्धनको बैठकले आन्दोलनका सवै कार्यक्रमहरुलाई जारी राख्ने निर्णय समेत गरेको छ । आन्दोलन लामो समयदेखी चलीरहेकोले मधेशको जनजिवन कष्टकर बनेको भएकाले अधिकार प्राप्त नभएसम्म आन्दोलन गर्ने गठबन्धनले निर्णय गरेको हो । गठबन्धनले आन्दोलनलाई अझ प्रभावकारी, परीणाममुखी बनाउने दिशामा थप कार्यक्रमहरु तर्जुमा गर्ने निर्णय गरेको राष्ट्रिय मधेस सद्भावना पार्टीका अध्यक्ष शरतसिंह भण्डारीले जानकारी दिए । गठबन्धनले मधेशका जिल्लाहरुमा विरोध सभा, जनप्रदर्शन, जनजागरण कार्यक्रम, आवधिक आम हड्ताल जस्ता कार्यक्रम गर्ने जनाएको छ ।
सरकारद्वारा वार्ताको नाटकमात्रै मगठबन्धनले सरकारले वार्ताको नाममा नाटक मात्रै गरेको आरोप समेत लगाएको छ । विगत ६ महिनादेखी मधेसमा आन्दोलनत चलिरहेपनि समस्या समाधान गर्न सरकार गम्भीर नभएको उसको आरोप छ । विज्ञप्तीमा भनिएको छ, ‘ मधेश विगत ६ महिनादेखी आन्दोलित छ । पटक–पटक राज्यले आन्दोलनकारी संगठनसँग केवल वार्ताको नाटक मात्रै गरेको छ । यस्तो रवैयाले राज्य अत्यन्त गैर जिम्मेवार, सम्बेदनहिन, हठी, निरिह र अक्रमण्ड्य रहेको प्रष्ट छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
-
नागरिक एपबाटै ग्लोबल आइएमई बैंकको खाता खोल्न सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण