राजविराजमा मोर्चा र काँग्रेस कार्यकर्ताबीच झडप, व्यापक रुपमा प्रहरी परिचालन
सप्तरी–नेपाली काँग्रेसको राजविराज नगर अधिवेशन बिथोल्न खोज्ने संयुक्त मधेसी मोर्चा र काँग्रेस कार्यकर्ताबीच आज राजविराजमा झडप भएको छ ।
राजविराज–४ स्थित केशो अनिरुद्धवती माध्यमिक विद्यालय प्राङ्गणमा आयोजित नगर अधिवेशनको निर्वाचनमा मोर्चाका नेता तथा कार्यकर्ताले नाराबाजी गर्दै बिथोल्न खोज्दा झडप भएको हो ।
मोर्चाका नेता तथा कार्यकर्ताले निर्वाचन स्थलमा अवरोध पु¥याउन थालेपछि काँग्रेसका कार्यकर्ता प्रतिकारमा उत्रेका थिए ।
सोही क्रममा भएको झडपमा युवा विद्यार्थी मोर्चा सप्तरीका संयोजक तारकेश्वर यादव घाइते भएका प्रहरीले जनाएको छ । घाइते यादवको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ । सो घटनाको कारण राजविराज तनावग्रस्त रहेको छ । अहिले त्यहाँ व्यापकरुपमा प्रहरी परिचालन गरिएको जिल्ला प्र्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यसैगरी, राजविराज नगरपालिकाको गजेन्द्रचौक, सहिद दर्शन चौकलगायतका विभिन्न स्थानमा बिहानैदेखि मोर्चाले टायर बालेर विरोध प्रदर्शनलाई जारी राखेका छन् । काँग्रेसको नगर सभापतिमा प्रभातकुमार ललन र शम्भुलाल देवले उम्मेदवारी दिएका छन् । सचिवमा दीपक चौधरी र शत्रुध्नप्रसाद साह तथा कोषाध्यक्षमा विमल श्रेष्ठ र मेराज अन्सारी प्रतिस्पर्धामा उत्रेको बताइएको छ ।
यसअघि सप्तरीको विभिन्न गाविसमा आयोजित काँग्रेसको गाउँ अधिवेशनलाई मोर्चाका नेता तथा कार्यकर्ताले बिथोलेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
-
अनशनरत डा. गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना, आईसीयूमा राखेर उपचार सुरु
-
पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’
-
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन
-
प्रिमियर लिगमा चम्किन तयार १० युवा प्रतिभा
-
डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, अनशन स्थलमा स्थानीयको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण