काठमाडौं फाइनान्सद्वारा बौद्घमा शाखा विस्तार
काठमाडौं–काठमाडौं फाइनान्सले उपत्यकाको बौद्घ स्तुपा गेट अगाडि आफ्नो पहिलो शाखा संचालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंक वित्त कम्पनी सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक श्री जनक बहादुर अधिकारीज्यूले सोमबार उक्त शाखा कार्यालयको औपचारीक उद्घाटन गरेका हुन् । फाइनान्सले चाँडै नै झापा जिल्लाको दमक र सुनसरी जिल्लाको धरानमा पनि शाखा विस्तार गर्न लागेको विज्ञप्तिमा जनाइएको छ । हाल फाइनान्सको चुक्ता पूँजी रु.३८ करोड ४ लाख, निक्षेप संकलन रु.१ अर्ब ५१ करोड र कर्जा प्रवाह रु. १ अर्ब २७ करोड रहेको विज्ञप्तिमा जनाइएको छ । काठमाडौं फाइनान्सले निक्षेपतर्फ अघिल्लो वर्षको तुलनामा १२१.३१ ५ को बृद्घि गरी २०७२ असाढ मसान्तमा रु.१ अर्ब २४ करोड ४२ लाख पुर्याउनुका साथै कर्जातर्फ पनि अघिल्लो वर्षको तुलनामा १२६.२० ५ को बृद्घि गरी २०७२ असार मसान्तमा रु.१ अर्ब २ करोड ४६ लाख पुर्याउन सफल रहेको विज्ञप्तिमा जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
-
अनशनरत डा. गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना, आईसीयूमा राखेर उपचार सुरु
-
पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’
-
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन
-
प्रिमियर लिगमा चम्किन तयार १० युवा प्रतिभा
-
डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, अनशन स्थलमा स्थानीयको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण