१५ वर्षीय बालकको जन्मदिनको भोजमा गोली चल्दा ११ को मृत्यु
मेक्सिको– मेक्सिकोमा एकजना १५ वर्षीय बालकको जन्मदिनको अवसरमा आयोजना गरिएको समारोहमा गोली चल्दा त्यहाँ रहेका ११ जना मारिएका छन् । आइतबार आयोजना गरिएको जन्मदिनको सो भोजमा गोली चलेको र त्यसमा परी ११ जना मारिनुका साथै अरु केही घाइते भएका थिए । मेक्सिकोको गुरेरो प्रान्तमा सो घटना भएको हो । सो क्षेत्रमा बिगतमा पनि लागूऔषध सम्बन्धी हिंसामा परी यसरी कैयौं नागरिकको हत्या हुने गर्दथ्यो । गुरेरोका गभर्नर हेक्टर अस्तुदिल्लोले भने– एकजना १५ वर्षीय बालकको जन्मदिन मनाउन आयोजना गरिएको भोजमा दुःखद घटना भएको छ र त्यहाँ ११ जनाको ज्यान गएको छ । गुरेरो मेक्सिकोको एक सबैभन्दा गरिब राज्य हो र त्यहाँ लागूऔषधको अवैध ओसारपसारमा सम्लग्न हुने व्यक्तिकाबीचमा विवाद तथा नरहत्या हुने गरेको बताइन्छ । सोही राज्यमा सन् २०१४ मा भएको एक आमहत्याकाण्डमा ४३ जना बालबालिका मारिएका थिए । सो हत्यामा नगरप्रहरीकै संलग्नता पाइएका पनि आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
-
अनशनरत डा. गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना, आईसीयूमा राखेर उपचार सुरु
-
पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’
-
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन
-
प्रिमियर लिगमा चम्किन तयार १० युवा प्रतिभा
-
डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, अनशन स्थलमा स्थानीयको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण