@Ratopati : यस्ता छन् १२ घण्टाका ६ चर्चित समाचार
आज मिति २०७२ माघ १८ गते । रातोपाटीबाट दिनभर सयौं समाचार अपडेट भए । तीमध्ये पाठकले रुचाएका ६ समाचार यस्ता छन् :
१२ दिनको बच्चा बन्धक बनाउने लुम्विनी मेडिकल कलेजको विगत पनि खराव काठमाडौं– १२ दिनको बच्चा बन्धक बनाएर सुत्केरी आमालाई पैसा खोज्न पठाएर चर्चामा आएको पाल्पाको एक नीजि अस्पतालको विगतको रेकर्ड पनि खराव देखिएको छ । अस्पतालको बच्चा बन्धक बनाउने हर्कत सार्वजनिक भएपछि सरोकारवालाले विगतवारे जानकारी दिएका छन् ।
नेपालका यु–१९ कप्तान २४ वर्षमाथि रहेको भारतीयको दाबी, आफ्नै देशका क्रिकेटरमाथि पनि प्रश्न काठमाडौं – नेपाली यू–१९ क्रिकेट टोलीका कप्तान राजू रिजाल २४ वर्षभन्दा माथि रहेको एक भारतीय क्रिकेटरले दाबी गरेका छन् । आफूसँगै खेलेको भन्दै ती क्रिकेटरले रिजालले आफ्नो उमेर ढाँटेको दाबी गरेका छन् । भारतीय क्रिकेटरले नेपाली कप्तानका विषयमा अनावश्यक टिप्पणी गरेपछि ती क्रिकेटरमाथि अहिले नेपालीहरु खनिएका छन् । कौस्तभ पवार नामका ति क्रिकेटरले राजू रिजालले आफूसँगै मुम्बईमा यू–१५ का म्याचहरु खेलेको दाबी गरेका छन् । फोटो खिचेपछि भारतका ग्रेट वाल राहुल द्रविडले नेपाली क्रिकेटरलाई भने, ‘तिमीहरुले राम्रो खेल्यौ’ काठमाडौं–आईसीसी यू–१९ विश्वकप क्रिकेटमा भारतसँग ७ विकेटले पराजित भएपछि यतिबेला नेपालीहरु स्तब्ध छन् । धेरैले यो खेललाई भारतले लगाएको अघोषित नाकाबन्दीको प्रतिशोधका रुपमा लिएका थिए । तर राजनैतिक र हारका दुई फरक–फरक दुखका बाबजुद बंगलादेशमा रहेको नेपाली टोलीको मनोबल अझैँ बढेको छ । रोचक कुरा, नेपाली टोलीको मनोबल बढाउने भूमिकामा भारतीय प्रशिक्षक तथा पूर्वस्टार ब्याटस्म्यान राहुल द्रविड छन् ।
कोषराज वन्तसहित भ्रष्टाचार प्रकरणमा ९ प्रहरी अधिकारीविरुद्व मुद्दा दायर काठमाडौं– समान ढुवानी प्रकरणमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तसहित ९ प्रहरी अधिकारी विरुद्ध विषेश अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । अख्तियारले डिआइजी अरबिन्द धिताल, सशस्त्र प्रहरी निरीक्षक बिन बहादुर थापा, सशस्त्र प्रहरी नायब निरीक्षकहरू निल बहादुर श्रेष्ठ, देवेन्द्र कुमार श्रेष्ठ, लेख बहादुर खत्री र सशस्त्र प्रहरी जवान मिलन अधिकारी, पूर्व सशस्त्र प्रहरी उपरीक्षक जगतनारायण श्रेष्ठ, साददाज्योति र अदिती ट्रान्सर्पोटका सञ्चालक उज्वलकुमार थपलिया र भरत कुमार थापाविरुद्व मुद्दा दायर गरेको हो ।
लोडसेडिङ फेरि बढ्यो, अब सातामा ९३ घन्टा बत्ती नआउने (तालिकासहित) काठमाडौं–नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको समय फेरि बढाएको छ। आजदेखि लागू हुने गरी प्राधिकरणले सातामा ९३ घन्टा लोडसेडिङ हुने जनाएको छ । प्रणालीमा लोड अत्याधिक बृद्धि, नदीहरुमा पानीको जलस्तर घट्नेक्रम तीब्र रहेको तथा भारतबाट थप विद्युत आयात गर्न केहि दिन लाग्ने भएकाले लोडसेडिङ बढाउनुपरेको प्रधिकरणले जनाएको छ । यसअघि प्राधिकरणले सातामा ८४ घण्टा लोडसेडिङ गर्दै आएको थियो ।
भारतसँग नेपाल ७ विकेटले पराजित, समूह उपविजेता बन्दै क्वाटरफाइनलमा मिरपुर – आफ्नो अन्तिम खेलमा भारतसँग ७ विकेटले पराजित हुँदै नेपाल समूहको उपविजेतामा सिमित बनेको छ । यु–१९ विश्वकप यु १९समूह डी अन्तरगत समेमबार भएको खेलमा नेपाल भारतसँग पराजित भएको हो । टस हारेर पहिलो ब्याटिङ गर्दै नेपालले प्रस्तुत गरेको १ सय ७० रनको चुनौती भारतले केवल १८।१ ओभरमा पछ्यायो । भारतका लागि रिसब पन्तले सर्वा्धिक ७८ रन तथा कप्तान इशान किसनले ५२ रनको योगदान दिए । निकै आक्रमक रुपमा उत्रिएको भारतले पहिलो विकेटका लागि केवल ९।१ ओभरमा एकसय २४ रन बनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण