गौरी मल्ल, रेखा थापा र ऋचा शर्मासँग सिनेमाको सुख दुःख
पोखरा -पोखरामा चार दिन सम्म चलेको पाँचौ लिटरेचर फेष्टिवलको अन्तिम दिन सोमवार । फेवातालको किनार , रानीबनको काख अनि पारिलो घाम । साहित्यानुरागीको भिडमा तीन अभिनेत्री उभिए किसोर नेपालको साथ । पुरानो पुस्ताकी गौरी मल्ल, त्यसपछि आएकी रेखा थापा र पछिल्लो पुस्तामा उदाएकी ऋचा शर्मा । पालैपालो स्टेज उक्लिए र सुरु भयो सिनेमाका सुख, दुःखमाथिको संवाद । गौरी मल्ल : पुरानो पुस्ताकी नायिका गौरी मल्ल अभिनयमा लागेको ३० बर्ष पुगेछ । उनले सोमवार भनिन् ‘राजेश हमालले अभिनय थालेको २५ बर्ष भएछ मेरो ३० बर्ष लागेछ । ’ यो ३० बर्षे यात्रामा पाँच दर्जन भन्दा बढी फिल्म र सोहि संख्याका टेलिफिल्मको मुख्य भूमिकामा उनले अभिनय गरिसकेकी छिन् । पछिल्लो समय सिंहदरवार नामक टेलिश्रृङखलामा प्रधानमन्त्रीको भूमिका निर्वाह गरेकी उनलाई पाँचौ साहित्य महोत्सबमा सहभागि दर्शकको माझ सोधियो — साच्चै प्रधानमन्त्री बन्ने मौका आए के गर्नुहुन्छ ? जवाफमा उनले भनिन् ‘ त्यसको लागि अध्ययन, अभ्यास सबै कुराको आबश्यकता छ । रियल लाईफमा असंभब कुरा हो । ’ साथै उनले साच्चिकै प्रधानमन्त्री बनेर ३० बर्षमा आफुले सबै क्षेत्रबाट पाएको माया गुमाउन नचाहेको समेत खुलाईन् । ‘ ३० बर्ष अभिनय यात्रामा जतिपनि माया पाएको छु त्यो गुमाउन चाहन्न , प्रधानमन्त्री भए भने गुम्छ । ’ उनले भनिन् । सिने क्षेत्रको कमाईको सम्बन्धमा उनले आफुले सुरु गर्दा जुन आबस्था थियो त्यो भन्दा खासै माथि उठ्न नसकेको समेत बताईन् । ‘ कमाईको हिसावले ३० बर्ष अघि जसरी यात्रा सुरु गरेको थिए , अहिले पनि हाराहारीमै छु । माथि चढ्न सकेको छैन । ’ मल्लले भनिन् । रेखा थापा नायकलाई ओझेलमा राख्दै आफ्नो फिल्ममा आफै नायकका रुपममा चिनिने गरेकी नायिका हुन् रेखा थापा । १६ बर्षे जावनीमै सिने क्षेत्रमा होमिएकी उनले फिल्ममा नायकलाई मात्रै बलवान पात्रको रुपमा देखाउने गरेकाले आफै नायक बनेर उदाएको बताईन् । ‘ चलचित्र क्षेत्रमा जहिलेपनि नायकलाईनै बलबान पात्रको रुपमा लिने, महिला मात्र जहिले हेपाहा पत्रको रुपमा देखाईने ’ उनले भनिन् ‘ १६ बर्षको कलिलो मानसपटल लिएर प्रवेश गर्दा पुरुषहरु हावी भएको देखेर मनमा चोट पुग्यो त्यहि बेला चलचित्र क्षेत्रको बुलन्द नायक म आफै बन्छु भन्ने प्रण गरेको थिए । ’ उनले आफ्नो फिल्म चल्नुमा आफ्नै खुबी देखाइन् । ‘ मेरो फिल्म चल्नुमा म हिमालको जस्तो पनि देखिन्छु, तराईको थरुनी जस्तो पनि छु र पहाडको पहाडी जस्तो पनि देखिन्छु ’ रेखाले भनिन् ‘ त्यसैले सबैको माया पाएको छु । ’ उनले कमाईको हिसावले आफु अघिनै रहेको खुलाइन् । अर्काको फिल्म खेल्दा पनि नायकले भन्दा बढीनै रकम लिएर काम गर्ने नायिकाको रुपमा उनले आफुलाई चिनाइन् । ‘ आफु सक्षम हुनुपर्छ , बजारको डिमाण्ड कत्तिको छ भनेर बुझ्नुपर्छ ’ उनले भनिन् । ऋचा शर्मा पछिल्लो पुस्तामा सफल नायिकाको रुपमा उदाएको नाम हो ऋचा शर्मा । सौन्दर्य प्रतियोगिता , टेलिभिजन प्रस्तोताबाट टेलिश्रृङखला हुदै ठूलो पर्दामा आएकी ऋचा नयाँ पुस्तामा लोकप्रिय छिन् । फष्ट लभ फिल्ममा अडिसन दिएर छनौट भई सिने क्षेत्रमा प्रवेश गरेकी उनले पछिल्लो समय पढेलेखेकाहरु सिने क्षेत्रमा प्रवेश गर्ने क्रम बढेको बताईन् । आफ्नो काम राम्रो भएकालेनै दर्शकले मन पराएको उनको दावि छ । ‘ गौरी मल्लले जुन अबस्था भोगेर आउनुभयो, अहिलेको पुस्तामा केहि परिवर्तन आएको छ ’ उनले भनिन् ‘ नेपाली सिनेमाको पहिचान परिवर्तन भएको छ । ’ फिल्मको कमाईमा मात्रै भर पर्नु भन्दा पनि त्यसबाट प्राप्त अरु अवसरहरुलाई पनि समात्न सक्नुपर्ने उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा घरमै बसेर कमाउने नाममा ठगीको जोखिम, प्रहरीले गरायो सचेत
-
अब पुराना कुराकानी बिर्सिने छैन च्याटजीपीटी, मेमोरी फिचरमा नयाँ अपग्रेड
-
हामी विगतका गल्ती र अलमलबाट टाढा छौँ : परराष्ट्रमन्त्री खनाल
-
इन्स्टाग्रामद्वारा सशुल्क ग्राहकका लागि ‘इन्स्टाग्राम प्लस’ सार्वजनिक : अरूको स्टोरी गोप्य रूपमा हेर्न पाइने
-
रास्वपा स्याङ्जाको सभापतिमा भण्डारी विजयी
-
हेर्नुहोस् साताका ७ तस्बिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण