कांग्रेस गाउँ अधिवेशन : निर्वाचनमा धाधली भएको भन्दै आधा दर्जन गाविसबाट उजुरी
दोलखा - नेपाली कांग्रेस गाउँ अधिवेशनको निवार्चन र क्षेत्रिय प्रतिनिधी छनोटको क्रममा दोलखाका विभिन्न आधा दर्जन गाविसहरुमा विवादसँगै निबार्चनको क्रममा धाधली भएको भन्दै निर्बाचन आयोगमा उजुरी परेको छ। सुस्पाक्षमावती, बाबरे, बोच, पवटी, काटाकुटी र डाडाखर्क गाविसमा निर्बाचनको क्रममा धाधली भएको भन्दै जिल्ला निर्वाचन कार्यालयमा उजुरी दर्ता गरेको हो।
सुस्पाक्षमावती गाविसमा विधि विधान विपरित निर्वाचन गराएको गाउँ सभापति श्याम प्रसाद शिवाकोटीले बताए।‘निर्वाचनको क्रममा उमेदावारी दर्ताको क्रममा प्रस्ताब र समर्थक विना नै उमेदावारी दर्ता गरेर एक पक्षिय रुपमा निर्वाचन गरेको उनको आरोप छ। उनी भन्छन्,‘लोकतान्त्रिक मुल्य मान्यता र विधि विधान विपरीत निबार्चन अधिकुतलाई समेत जबजस्त रुपमा एक पक्षिय ढंगबाट वशमा पारी बेलुका निवार्चनको नौटंकी गरिएको मान्य नहुने बताए। यस्तै गरी बाबरे गाविसमा भने क्षेत्रिय अधिबेशनका लागी प्रतिनिधी छनोटमा विवाद भएको छ। सक्रिय सदस्य बलराम खतिवडाले भने,‘बाबरेमा सस्थापन पक्षले विना छलफल एक पक्षिय रुपमा जबजस्ती ढंगले क्षेत्रिय प्रतिनिधी छनोट गरेको छ। त्यो हामीलाई मान्य हुँदैन।' अर्का यूवा कार्यकर्ता चन्द्र कुमार श्रेष्ठले प्रजातन्त्रिक पद्धतीलाई लत्याउदै एक पक्षिय रुपमा आफुखुसी कार्यसमितीकै सदस्यको विना सहमति प्रतिनिधी छनोट भएको बताए। प्रत्येक गाविसबाट २ महिला अनिबार्य गरे पनि महिलाको ठाउँमा पुरुषलाई प्रतिनिधी बनाएको भन्दै पवटी, काटाकुटी र डाडाखर्कमा निर्बाचन आयोगमा उजुरी परेको छ।
यसैगरी बोच गाविसमा महिला प्रतिनीधीको छनोटमा विबाद भएको छ। २ महिला छनोटको क्रममा एक जनालाई मात्रै निबार्चन गराएको एकलाई विना निबार्चन छनोट गरेको आरोप छ। उता निबार्चन अधिकृत गंगाराम यादबका अनुसार दोलखाका २ नगर सहित ४८ गाविसमा निबार्चन सकिएको केही ठाउँमा विवादसंगै उजरी परेकाले त्यसको छानविन समेत क्षेत्रीय अधिवेशन अगाडी नै हुने बताए।
दोलखा कांग्रेसमा को को भिड्दैछन्?
नेपाली कांग्रेसको गाउँ अधिवेशनबाट ५५ प्रतिशत मात्रामा युवा प्रतिनिधिहरु विजयी भएका छन्।शुक्रबारदेखि आइतबारसम्म जारी रहेको गाउँ अधिवेशनबाट जिल्ला भरबाट करिब ५५ प्रतिशत युवाहरु प्रतिनिधिको रुपमा विजयी भएको र गाउँ सभापतिमा पनि युवाहरु नै बढि मात्रामा आएको नेपाली कांग्रेस दोलखाले जनाएको छ। केन्द्रीय राजनीतिको हिसावले देउवा पक्षभन्दा संस्थापन पक्ष बलियो रहेको देखिएपनि देउवासाग निकट जिपछिरिङ लामाको सल्लाहमा सबै काम गर्दै आएका पार्टी सभापति कोइरालाको स्थानिय राजनीति बुझिनसक्नुभएको स्थानिय काँग्रेस कार्यकर्तारुह बताउँछन।
दोलखाको गाउँ–गाउँमा भने बढी मात्रामा संस्थापन भित्रकै गुट–उपगुटमा प्रतिनिधि तानातान भएकोछ। जिल्लामा तीन धार देखिएपछि गाँउमा पनि प्रष्ट रुपमा विभाजन भएको थियो। जिल्लामा सभापतिको घोषणा गरिसकेका नेपाल तामाङ सघंका महासचिव बर्मा लामा, नेपाल तरुण दलका पूर्व केन्द्रीय सचिव ईश्वर मानन्धर र जिल्ला विकास समिति दोलखाका पूर्व–सभापति रुद्र बहादुर खड्काले गाउँ–गाउँमै समुहगत रुपमा भोट माग्दै आएका छन्। यस्तै नेपाल विद्यार्थी सघंका पूर्व केन्द्रीय कोषाअध्यक्ष कुन्दनराज काफ्लेले पनि युवाहरुको प्रतिनिधित्वको आधारमा सभापति घोषणा गर्ने तयारीमा छन्।
काँग्रेस दोलखाले दिएको जानकारी अनुसार ५० प्रतिशत गाउँ विकास समितिमा पनि युवा सभापतिहरु आएका छन्। झुले गाविसमा दुई युवा पक्षबीच निर्बाचन भएको थियो भने गैरीमुदी, जफे, लापिलाङ, मिर्गे लगाएतका गाविसमा युवाहरुले नेतृत्व लिएको वताइएको छ। यस्तै अधिवेशनबाट क्षेत्र नम्वर १ का बर्मा लामा क्षेत्र नम्वर २ मा इश्वर मानन्धरलाई पूर्व सभापति खड्काले टक्कर दिने देखिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा घरमै बसेर कमाउने नाममा ठगीको जोखिम, प्रहरीले गरायो सचेत
-
अब पुराना कुराकानी बिर्सिने छैन च्याटजीपीटी, मेमोरी फिचरमा नयाँ अपग्रेड
-
हामी विगतका गल्ती र अलमलबाट टाढा छौँ : परराष्ट्रमन्त्री खनाल
-
इन्स्टाग्रामद्वारा सशुल्क ग्राहकका लागि ‘इन्स्टाग्राम प्लस’ सार्वजनिक : अरूको स्टोरी गोप्य रूपमा हेर्न पाइने
-
रास्वपा स्याङ्जाको सभापतिमा भण्डारी विजयी
-
हेर्नुहोस् साताका ७ तस्बिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण