माथिल्लो कर्णाली भारतलाई दिएर गलत गरिँदैछ : उपप्रधानमन्त्री केसी
काठमाडौँ - उपप्रधानमन्त्री चित्रबहादुर केसीले माथिल्लो कर्णाली जलविद्युत् आयोजना नेपाली लगानीमा नै निर्माण हुनुपर्नेमा जोड दिएका छन् ।
माथिल्लो कर्णाली सरोकार समितिले सोमबार यहाँ आयोजना गरेको कार्यक्रममा उनले मुलुककै सबैभन्दा सस्तो आयोजना विदेशीलाई दिने प्रवृत्ति नै गलत भएको बताए ।
भारतीय कम्पनी माल्लिाकार्जुन राव (जिएमआर) ले सो आयोजना अगाडि बढाउन लागेको छ । लगानी बोर्डले जिएमआरसँग आयोजना विकास सम्झौता समेत गरिसकेको पनि हालसम्म स्थानीय तहमा आयोजना अगाडि बढाउने विषयमा कुनै काम अगाडि बढ्न सकेको छैन ।
उपप्रधानमन्त्री केसीले प्रतियुनिट लागत रु दुईभन्दा कम लगानीमा निर्माण हुने आयोजना विदेशीलाई दिएर मुलुकको साधन र स्रोतमाथि गलत काम गरिएको विचार व्यक्त गर्दै नेपाली साधन र स्रोत नै प्रयोग गरेर आयोजना अगाडि बढाउन सकिने बताए ।
कुल ९०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित बोर्डले भारतीय कम्पनी जिएमआरसँग सम्झौता गरेको छ । ऊर्जा क्षेत्रका जानकारले सो आयोजनाबाट चार हजार ४०० मेगावाटभन्दा बढी विद्युत् उत्पादन हुने जनाउँदै आएका छन् ।
समितिका अध्यक्ष भरतबहादुर शाहीको सभापतित्वमा सम्पन्न कार्यक्रममा पत्रकार गोविन्दसिंह थापाले सुलभ साधन र स्रोतको उपयोग नेपाली नै गर्नुपर्नेमा जोड दिए । सो अवसरमा माथिल्लो कर्णाली जलविद्युत् आयोजना र त्यसले पार्ने प्रभावका विषयमा समेटिएको वृत्तचित्रसमेत प्रदर्शनी गरिनाका साथै राससका फोटो पत्रकार रोशन सापकोटा, गायिका निलिमा पुन सहित चार जनालाई सम्मान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण