आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

लटरेचर फेस्टिभल : यी कुरा जसले राजेश हमालको मन छोयो

मङ्गलबार, १९ माघ २०७२, ११ : ४७
मङ्गलबार, १९ माघ २०७२

लिटरेचर फेस्टिभलमा भाग लिन नायक राजेश हमाल र दयाहाङ राई पोखरा पुगेका थिए । सोमवार उनीहरु त्यहाँ कार्यक्रममा सहभागी भए । नायक राजेश हमाललाई सोधियो, ‘चलचित्रको हिरो भन्दा साहित्यको नाटक विधाको हिरोमा के भिन्नता छ ?’

जवाफमा राजेशले भने – हामी कलाकार चलचित्रमा अभिनय गछौँ, नाटकमा अभिनय गछौँ । चाहे चलचित्र होस्, चाहे नाटक होस्, हामीले आफ्नो कलालाई प्रदर्शन गरिराखेका हुन्छौँ । चलचित्र होस् या नाटक दुवैमा हामीले कमजोर र बलवान् चरित्रहरुको अभिनय गरिराखेको हुन्छौँ । हामी समाजमा कलाकारितामार्फत आफ्ना अनुभव÷अनुभूति बाँड्न सक्छौँ । नाटकबाट पनि चलचित्रमा कलाकार आएका छन् र चलचित्रबाट नाटकमा पनि कलाकार प्रवेश गरेका छन् । चलचित्र र नाटक विधा फरक भएपनि दुवैमा अभिनयको उत्तिकै महत्व हुन्छ । चलचित्रमा के हुन्छ भने, काम गरे पछि चलचित्र बन्यो । रिलिज भयो । अर्को सिनेमामा सच्चाउँन सकिन्छ । चलचित्र र नाटकको चरित्र र अभिनयको गहिराई फरक छ । तर, नाटकमा त्रुटीलाई सच्चाउँन सकिन्छ । नाटक गर्दा हामीले चरित्रको जुन कला हुन्छ, त्यसलाई कथाको निष्कर्ष सम्म छोड्न मिल्दैन । नाटक भनेको वास्तविक हुन्छ । चलचित्रमा कथासँगै नायक चरित्रमा पनि बदलाउँ देखिन्छ । नाटकमा त्यस्तो हुँदैन । चाहे हामी ग्याँसमा खाना पकाउँ, दाउरामा दालभात पकाउँ, या अन्य कुनै ईन्धनबाट पकाउँ, आखिर खाने र पाक्ने कुरा दालभात नै हो । त्यस्तै दुवै क्षेत्र चलचित्र भनौँ या नाटक आखिर देखिने अन्तिम निष्कर्ष नै उसको अभिनय र कलाकारिता नै हो । जहाँ सम्म मलाई लाग्छ, चलचित्र भन्दा नाटकले नै बढी सन्तुष्टि दिन्छ । र नाटक सत्य हुन्छ ।’

राजेशलाई फेरि प्रश्न गरिन्छ, ‘तपाईं सधै एउटै चरित्रमा अभिनय गर्नु हुन्छ ? उही चरित्र मात्र देखिनु हुन्छ नी !’ राजेश हमाल भन्छन्, ‘यसमा सत्यता छैन । परिवर्तन कलाकारितामा चाहिन्छ । कसैले राजेश दाइ कपाल काटेर राम्रो गर्नु भयो भन्छन्, कसैले भन्छन्, दाइ स्लो मोसनमा कपाल हल्लाएकै आएन ? कसैल फोन गरेर भन्छन्, किन कपाल काट्नु भयो ?, मलाई रुन मन लाग्यो । कसैले ‘हे’.....गर्दा ‘ए’ यस्तो के गरेको होला बौलाहा जस्तो भन्छन् । कसैले ‘हे’.........ग¥यो भने कस्तो न्याय पाईने भयो भन्छन् । अब केही हुने भयो भन्छन् । दर्शकको आफ्नो बुझाइ र हेर्ने दृष्टिकोणमा भर पर्छ । कलाकारको एउटा महत्वपूर्ण गुण भनेको अरुलाई आफ्नो दृष्टिकोणमा पाउँनु हो । अरुको जीवन चरित्रलाई उसकै धरातलमा पुगेर अभिनय गर्नु हो । म कहिले भरिया भएँ, कहिले सुकुम्बासी भएँ, कहिले पाखे भएँ, कहिले खातेको अभिनय गरेँ । तर, यी सब त म होईन बरु मैले अरुको अवस्थामा पुगेर माया पाउँनु हो । सम्मान पाउँनु हो । हामीले सबैको न्याय र ईज्जत गर्न सक्नु पर्दछ । कलाकारिता भनेको अन्य व्यक्तित्वको दृष्टिकोण भित्र अभिनय गर्नु हो । जसले समाजको दर्पण रुपमा काम गरोस् भन्न चाहन्छु । चलचित्रमा मैले अनाथको भूमिका निभाएको छु । तर, म अनाथ त होईन नि । भरिया भन्ने चलचित्रमो भरियाको भूमिका निभाएको छु । कतै कतै मैले चलचित्रको कलाकारिताका लागि यस्ता कुराहरुबाट प्रेरणा लिएको छु । मैले भोगेका दुईवटा रोचक कुरा दर्शक समक्ष गर्न चाहन्छु । जब मैले भरिया चलचित्रमा अभिनय गरेँ, मैले भरियाको भूमिका निर्वाह गरेको छु । भरिया रिलिज भै सकेपछि एक पटक म आफ्नै नयाँ चलचित्र रिलिजको अवसरमा चितवनमा गएँ । मसँग भेट्न थुप्रै दर्शकको भीड लागेको थियो । त्यहीँ दर्शकको भीडबाट उछिनेर एक जना भरिया काम गर्ने मान्छे मेरो सामु आएर भन्नुभयो । उहाँलाई मैले गाडि बाट हेरिरहेको छु । उहाँ धेरै संघर्ष गरेर मेरो छेउसम्म आउँनु भयो । सामान्य हात मिलाउँदै भन्नुभयो, ‘ओ, दाइ तपाई पनि त हामी जस्तै भरिया हुनु हुँदो रैछ है ।’ त्यसबाट पनि मलाई जीवनमा ठूलो प्रेरणा मिल्यो ।

‘राजेश दाइले हामीलाई कति धेरै माया गर्नु हुन्छ है । तिमीहरुलाई थाहा छ ।’ त्यहीबाट एक जनाले भन्नु भयो, ‘राजेश दाइ पनि हामी जस्तै खाते हो । हामीजस्तै खातेबाट उहाँ हिरो बन्नु भएको हो ।’ म उहाँको कुरो सुनेर धेरै भावुक भएँ, किनकि मैले उहाँ जीवनलाई कलाकारितामा नजिकबाट नियाल्ने अवसर पाएको रैछु ।

अहिलेको जमाना फरक छ । कसको विश्वास गर्ने ? तर, १० वर्ष पहिले कहिलेकाँही काठमाडौँको ठमेल बजार, दरबार मार्गमा पुग्दा सडक बालबालिकाहरुलाई गाडीमा राखेर घुमाउँन लैजान्थेँ । घुमाएर त्यहीँ ठाउँमा छाडिदिएको छु । एक दिन के भयो भने मैले १० जना जति सडक बालबालिकालाई लिएर गाडीमा जाँदै थिएँ । सबैलाई आईसक्रिम किनिदिएँ । गाडीभित्र उहाँहरुको कुरा चलिरहेको थियो, ‘राजेश दाइले हामीलाई कति धेरै माया गर्नु हुन्छ है । तिमीहरुलाई थाहा छ ।’ त्यहीबाट एक जनाले भन्नु भयो, ‘राजेश दाइ पनि हामी जस्तै खाते हो । हामीजस्तै खातेबाट उहाँ हिरो बन्नु भएको हो ।’ म उहाँको कुरो सुनेर धेरै भावुक भएँ, किनकि मैले उहाँ जीवनलाई कलाकारितामा नजिकबाट नियाल्ने अवसर पाएको रैछु । जहाँसम्म लाग्छ, मैले खेलेको खातेको भूमिकाको फिल्म हेरेर नै उहाँले त्यसो भन्नुभयो । समाजका हरेक मान्छेसँग हिरो बन्ने क्षमता छ । जुन मान्छे आफ्नो जीवनसँग चुनौतीको सामना गर्न सक्छ । कठिनाईसँग सामना गर्न सक्छ । केही गर्छु भन्ने सोच राख्छ । हरेक त्यस्तो व्यक्ति समाजका लागि हिरो नै हुन्छ । चाहे त्यो आदर्शवान होस् या अरु कुनै संघर्षसँग सामना गर्न सक्ने समाजको हरेक व्यक्ति हिरो हो । आम जीवनमा आफ्नो चलिआएको दैनिकीलाई सहज बनाउँदै कठिनाईसँग जुध्छ भने त्यो हिरो हो । खाली चलचित्रको पर्दामा देखिने मात्र हिरो हैन भन्ने सोचमा छु म । अभिनयको कुरा गर्दा यस्तै नै चलचित्र आउँछ भन्ने छैन । त्यो चलचित्र लेखन र निर्देशकको हातमा हुन्छ । फिल्मको कन्सेप्ट पहिले नै निर्धारण गरिएको हुन्छ । टिम वर्क हुन्छ । राम्रोसँग चलोस्, स्वीकार्य होस भनेर नै अगाडि बढ्छौँ हामी । तर, ठोकुवाकासाथ कहिल्यै भन्न सकिदैन्, त्यो चलचित्र चल्छ भन्न सकिदैन । चलचित्र कस्तो बन्छ भन्ने सोचाइ अन्तिम रिजल्टपछि थाँहा हुन्छ थालनी राम्रै सोचको भएपनि चलचित्र चलेपछि नै सबै रिजल्ट थाँहा हुन्छ । दयाहाङ राई भन्छन्

– नाटक क्षेत्रमा राजेश दाइको प्रभाव त मलाई परिहाल्छ । नपर्ने होईन । उहाँको सिनेमा हुर्नु अगाडि नै मैले दाइको नाम सुनेको हुँ । सुटिङको बेला होस् या स्टेचमा होस् दाइ ठिक समयमा आउँनु हुन्छ र जानुहुन्छ । उहाँ ११ बजे आउँनुभयो भने ५ बजे जानुहुन्छु । त्यो समय सदाबहार त्यहीँ नै हुन्छ । एकदिन कुनामा बसेर चुरोट खाँदै थिएँ । दाइले देख्नुभयो र भन्नुभयो ‘खानु हुँदैन,तपाईलाई हजार जनाले हेरेको हुन्छ,अनि अरुलाई के सिकाउँने ?, कुलत ।’ दाइ नाटको स्टेचमा हुँदा एक प्रकारको ईनर्जी आउँछ ममा, किनभने स्टेजमा राजेश दाइ ईनर्जी ल्याएर प्रस्तुत हुनुहुन्छ । त्यो प्रेरणा मलाई छ । चलचित्र र नेपाली राजनैतिक दृष्टिकोणलाई हेरेर हालम्म हिरोको अवस्था छुट्टाईएको छैन । राजनीतिमा हेर्ने अपेक्षा फरक हुन्छ । चलचित्रलाई हेर्न अपेक्षा फरक हुन्छ । जहाँसम्म मलाई लाग्छ, हाम्रो समाज परिवर्तन गर्ने र सोच परिवर्तन गर्ने त्यस्तो हिरो हाल सम्म मैले पाएको छैन । तर, त्यस्तो हिरो को आवश्यकता छ । मैले भेटेको छैन । तर, समाजको लागि काम गर्ने र समाजमा रहेका हरेक व्यक्ति आफ्नो क्षेत्रमा हिरो नै देख्छु म ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप