क्वाटरफाइनलमा नेपालको अगाडि बंगलादेशको चुनौती
मङ्गलबार, १९ माघ २०७२, १३ : ३७
काठमाडौं – अन्डर १९ विश्वकप क्रिकेट प्रतियोगिताको क्वाटर फाइनलमा नेपाल र आयोजक बंगलादेशबीच भिडन्त हुने भएको छ । मंगलबार समूह ए अन्तरगतको अन्तिम खेलमा नामाबियालाई पराजित गर्दै बंगलादेश समूह विजेता बनेपछि नेपालसँग भिडन्त हुने पक्का भएको हो । क्वाटरफाइनलमा समूह डीको उपविजेता र समूह ए को विजेताबीच खेल हुने तालिका थियो । भारतसँग अन्तिम खेलमा पराजित हुँदै नेपाल समूह डी को उपविजेता रहेको छ । मंगलबार भएको खेलमा नामिबियाले दिएको ६६ रनको लक्ष्य बंगलादेशले १६ ओभरमा २ विकेट गुमाएर भेट्टाउँदै ८ विकेटको जित निकाल्यो । समूह ए को उपविजेता बन्दै नामिबियाले अब समूह डीको विजेता भारतको सामना गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण