मेघा अस्पतालको २ दिने निःशुल्क स्वास्थ्य शिविर हुने
मङ्गलबार, १९ माघ २०७२, १४ : ४८
काठमाडौं–मेघा अस्पताल प्रा.लि.को आयोजनामा २ दिने बृहत निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । यही माघ २३ र २४ गते मेघा अस्पताल प्राङगण सानेपामा निःशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको हो । ‘स्वास्थ्य नै जीवनको अमूल्य सम्पति हो’ भन्ने मूल नाराका साथ यो शिविर संचालन गर्न लागिएको अस्पतालका अध्यक्ष किशोर जंग राणाले बताए । उनले भारतका सेवारत वरिष्ठ विशेषज्ञ डाक्टरहरु ल्याएर निःशुल्क स्वास्थ्य शिविर गर्न लागिएको समेत बताए । शिविरमा छाती रोग, पेट, कलेजो, अर्थोपेडिक सर्जन (हाडजोर्नी), दन्त रोग, यौन तथा चर्म रोग, प्लाष्टिक सर्जनलगायत विभिन्न रोगहरुको निःशुल्क उपचार हुनेछ । जसमा राष्ट्रिय तथा अन्तर्राष्टिङ ख्यातिप्राप्त, गोल्ड मेडलिस्ट डाक्टरहरुद्वारा रोगहरुको निःशुल्क स्वास्थ्य परिक्षण हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
-
अनशनरत डा. गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना, आईसीयूमा राखेर उपचार सुरु
-
पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’
-
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन
-
प्रिमियर लिगमा चम्किन तयार १० युवा प्रतिभा
-
डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, अनशन स्थलमा स्थानीयको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण