मेघा अस्पतालको २ दिने निःशुल्क स्वास्थ्य शिविर हुने
मङ्गलबार, १९ माघ २०७२, १४ : ४८

काठमाडौं–मेघा अस्पताल प्रा.लि.को आयोजनामा २ दिने बृहत निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । यही माघ २३ र २४ गते मेघा अस्पताल प्राङगण सानेपामा निःशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको हो । ‘स्वास्थ्य नै जीवनको अमूल्य सम्पति हो’ भन्ने मूल नाराका साथ यो शिविर संचालन गर्न लागिएको अस्पतालका अध्यक्ष किशोर जंग राणाले बताए । उनले भारतका सेवारत वरिष्ठ विशेषज्ञ डाक्टरहरु ल्याएर निःशुल्क स्वास्थ्य शिविर गर्न लागिएको समेत बताए । शिविरमा छाती रोग, पेट, कलेजो, अर्थोपेडिक सर्जन (हाडजोर्नी), दन्त रोग, यौन तथा चर्म रोग, प्लाष्टिक सर्जनलगायत विभिन्न रोगहरुको निःशुल्क उपचार हुनेछ । जसमा राष्ट्रिय तथा अन्तर्राष्टिङ ख्यातिप्राप्त, गोल्ड मेडलिस्ट डाक्टरहरुद्वारा रोगहरुको निःशुल्क स्वास्थ्य परिक्षण हुनेछ ।